१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

मधेश प्रदेश : अवैध उत्खनन् गर्ने चालक र सहचालकसहित २ सवारी नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

सुनिता बराल
महोत्तरी ,६ श्रावण । महोत्तरीको रातु नदीमा मध्यरातमा अवैध उत्खनन् गर्ने दुई वटा सवारीसहित दुई चालक र एक सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउन ५ गते राति १२ बजे खोला उत्खननमा प्रयोग गरिएको ८ ख ४७३७ नम्बरको टिपर र अन टेस्ट लोडरसहित दुई चालक र एक जना सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मध्यरातमा खोला खनिरहेको सूचना पाएपछि बर्दिवास ८ मा रहेका प्रहरी चौकी हात्तिलेटबाट गएको प्रहरी टोलीले साधनसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सवारीसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]