१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

शहिदनगर नगरपालिकाको एक वडाध्यक्षको बदमासी, सरकारी अस्पतालका सम्पति बेच्दै

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,६ साउन। मधेस प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा एक वडा-अध्यक्षले बदमासी गरेका छन्। शहिदनगर नगरपालिकाको एक वडाध्यक्षले चोरेर सरकारी सम्पति बेच्न लागेको खुलेको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सम्पतिहरु वडा नम्बर ३ का वडाध्यक्ष मनोज दासले बेच्न लागेको खुलासा भएको छ ।

वडाध्यक्ष दासले प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा रहेको वृक्ष, टेलब, कुर्शी, दराज लगायतका अन्य समानहरु कसैलाई जानकारी नै नदिई बेच्न लागेको खुलेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष दासले अस्पतालमा लगाईएको वृक्षहरु कटान गरी बेच्नको लागि गोप्य निर्णय गरेको खुलेको छ ।

शहिदनगर नगरपालिका अन्तर्गत पर्ने सो प्राथमिक स्वास्थ्य केन्द्रको सो निर्णय बारे स्थानीय सरकारलाई नै अधिकारिक जानकारी नरहेको खुलेको  छ । सम्पतिहरु बेच्न थालेको सन्दर्भमा नगरपालिकालाई कुनै जानकारी नै नरहेको बताइएको छ ।

नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य समितिको सँयोजक एवम् वडा नं. ८ का वडाध्यक्ष तनुकलाल कुसियैत यादवले अस्पतालको सरकारी सम्पति बेचबिखन गर्ने सम्बन्धी आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

पत्रकार संगको कुराकानीमा सँयोजक यादवले कुनै सम्पति बेचबिखन गर्नुपर्दा नगरपालिकालाई जानकारी गराउनुपर्नेमा कुनै जानकारी नदिनु भनेको चोरेर सम्पति बेच्ने दाउमा रहेको बताए ।

अस्पतालका निमित्त प्रमुख सुमन कुमार मण्डलले एक गोप्य टेन्डरको गैर–कानुनी सूचना छापेर अस्पतालको सम्पति बेच्न लागेको खुलेको छ । उनले एक कागजमा आफैँले प्रिन्ट गरेको सूचनामा सम्पतिहरु खरिद बिक्रीको लागि उल्लेख गरेको छ ।

टेन्डर प्रक्रिया गर्दा कुनै राष्ट्रिय पत्रिकामा वा ई–बीडमा प्रकाशन गर्नुपर्ने प्रावधान रहेपनि वडाध्यक्ष दासले नगरपालिकालाई समेत कुनै जानकारी नै नदिई अस्पतालको सम्पतिहरु बेच्न लागेको खुलेको छ ।

स्थानीय सरकार अन्तर्गत चल्ने प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहाले शहिदनगर नगरपालिकालाई समानहरु बिक्रीको बारेमा कुनै जानकारी नदिएको बुझिएको छ । वडाध्यक्ष दासले आफूखुसी चोरीलुकी समितिको निर्णय पास गरी समानहरु बेच्न लागेको बुझिएको छ ।

सूचनामा उनले अस्पताल हाताभित्र रहेको सपेताको वृक्ष, कुर्शी, टेबल, दराजसहित अन्य उपकरणहरु समेत बेच्न लागेको खुलाएको छ । ३ लाख रुपैयाँमा सपेताको वृक्ष बेच्न लागेको उल्लेख छ ।

अस्पताल जस्तो क्षेत्रलाई हराभरा बनाएको सपेताको वृक्षलाई कटान गरी उनी बेच्न लागेको हो । वडाध्यक्ष दासले कसैलाई जानकारी नदिई आफ्नो गोजीमा रकम झ्वाम्म पार्ने गरी समानहरु बेच्न थालिएको टिकाटिप्पणी गरिएको छ ।

साउन १० गते अस्पतालमा उपस्थिति भएर समान खरिद गर्न चाहनेलाई बोलाएको छ । यद्यपी, यसको बारेमा शहिदनगर नगरपालिकालाई नै कुनै जानकारी भने छैनन् ।

यस सन्दर्भमा शहिदनगरको स्वास्थ्य शाखा, प्रशासनलाई कुनै जानकारी नरहेको बताइएको छ ।

प्रशासनीक हिसाबले स्थानीय सरकारलाई जानकारी नै नदिई चोरीलुकी सम्पतिहरु बेच्न थालेपछि नगरपालिकाले कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ ।

यस सन्दर्भमा वडाध्यक्ष दासले समितिले सम्पतिहरु बेच्ने निर्णय गरेको स्वीकार गरे । उनले नगरपालिकालाई चिठ्ठी काटने भनिएको बताउँदै यसबारे आफू बुझ्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]