३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

शहिदनगर नगरपालिकाको एक वडाध्यक्षको बदमासी, सरकारी अस्पतालका सम्पति बेच्दै

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,६ साउन। मधेस प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा एक वडा-अध्यक्षले बदमासी गरेका छन्। शहिदनगर नगरपालिकाको एक वडाध्यक्षले चोरेर सरकारी सम्पति बेच्न लागेको खुलेको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सम्पतिहरु वडा नम्बर ३ का वडाध्यक्ष मनोज दासले बेच्न लागेको खुलासा भएको छ ।

वडाध्यक्ष दासले प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा रहेको वृक्ष, टेलब, कुर्शी, दराज लगायतका अन्य समानहरु कसैलाई जानकारी नै नदिई बेच्न लागेको खुलेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष दासले अस्पतालमा लगाईएको वृक्षहरु कटान गरी बेच्नको लागि गोप्य निर्णय गरेको खुलेको छ ।

शहिदनगर नगरपालिका अन्तर्गत पर्ने सो प्राथमिक स्वास्थ्य केन्द्रको सो निर्णय बारे स्थानीय सरकारलाई नै अधिकारिक जानकारी नरहेको खुलेको  छ । सम्पतिहरु बेच्न थालेको सन्दर्भमा नगरपालिकालाई कुनै जानकारी नै नरहेको बताइएको छ ।

नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य समितिको सँयोजक एवम् वडा नं. ८ का वडाध्यक्ष तनुकलाल कुसियैत यादवले अस्पतालको सरकारी सम्पति बेचबिखन गर्ने सम्बन्धी आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

पत्रकार संगको कुराकानीमा सँयोजक यादवले कुनै सम्पति बेचबिखन गर्नुपर्दा नगरपालिकालाई जानकारी गराउनुपर्नेमा कुनै जानकारी नदिनु भनेको चोरेर सम्पति बेच्ने दाउमा रहेको बताए ।

अस्पतालका निमित्त प्रमुख सुमन कुमार मण्डलले एक गोप्य टेन्डरको गैर–कानुनी सूचना छापेर अस्पतालको सम्पति बेच्न लागेको खुलेको छ । उनले एक कागजमा आफैँले प्रिन्ट गरेको सूचनामा सम्पतिहरु खरिद बिक्रीको लागि उल्लेख गरेको छ ।

टेन्डर प्रक्रिया गर्दा कुनै राष्ट्रिय पत्रिकामा वा ई–बीडमा प्रकाशन गर्नुपर्ने प्रावधान रहेपनि वडाध्यक्ष दासले नगरपालिकालाई समेत कुनै जानकारी नै नदिई अस्पतालको सम्पतिहरु बेच्न लागेको खुलेको छ ।

स्थानीय सरकार अन्तर्गत चल्ने प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहाले शहिदनगर नगरपालिकालाई समानहरु बिक्रीको बारेमा कुनै जानकारी नदिएको बुझिएको छ । वडाध्यक्ष दासले आफूखुसी चोरीलुकी समितिको निर्णय पास गरी समानहरु बेच्न लागेको बुझिएको छ ।

सूचनामा उनले अस्पताल हाताभित्र रहेको सपेताको वृक्ष, कुर्शी, टेबल, दराजसहित अन्य उपकरणहरु समेत बेच्न लागेको खुलाएको छ । ३ लाख रुपैयाँमा सपेताको वृक्ष बेच्न लागेको उल्लेख छ ।

अस्पताल जस्तो क्षेत्रलाई हराभरा बनाएको सपेताको वृक्षलाई कटान गरी उनी बेच्न लागेको हो । वडाध्यक्ष दासले कसैलाई जानकारी नदिई आफ्नो गोजीमा रकम झ्वाम्म पार्ने गरी समानहरु बेच्न थालिएको टिकाटिप्पणी गरिएको छ ।

साउन १० गते अस्पतालमा उपस्थिति भएर समान खरिद गर्न चाहनेलाई बोलाएको छ । यद्यपी, यसको बारेमा शहिदनगर नगरपालिकालाई नै कुनै जानकारी भने छैनन् ।

यस सन्दर्भमा शहिदनगरको स्वास्थ्य शाखा, प्रशासनलाई कुनै जानकारी नरहेको बताइएको छ ।

प्रशासनीक हिसाबले स्थानीय सरकारलाई जानकारी नै नदिई चोरीलुकी सम्पतिहरु बेच्न थालेपछि नगरपालिकाले कारवाही प्रक्रिया अगाडी बढाउने भएको छ ।

यस सन्दर्भमा वडाध्यक्ष दासले समितिले सम्पतिहरु बेच्ने निर्णय गरेको स्वीकार गरे । उनले नगरपालिकालाई चिठ्ठी काटने भनिएको बताउँदै यसबारे आफू बुझ्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]