१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

शुक्रबारको दिन सरकारी सवारी नचलाएपछि लाखौं रुपैयाँ बचत हुने मेयर साहको दाबी

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

न्युजमधेस डेस्क, जनकपुरधाम,७ साउन।  जनकपुरधाम उपमहानगरले साताको एक दिन शुक्रबार पैदल वा साइकलमा मात्र कार्यालय आउने अभियान सुरु गरेको छ । शुक्रबार नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि तथा कर्मचारीले साइकलमा नगर परिक्रमा गरी अभियान थालेका हुन् ।

‘अबदेखि जनप्रतिनिधि र कर्मचारीहरू शुक्रबार पैदल वा साइकलमा कार्यालय आउँछन् । अर्को शुक्रबारदेखि उनीहरूको मोटरसाइकल उपमहानगर परिसरमा प्रवेश निषेध हुन्छ,’ नगर प्रमुख साहले भने । शुक्रवार र शनिबार दुई दिन सरकारी सवारी नचलाएपछि इन्धनमा खर्च हुने लाखौं रुपैयाँ बचत हुने उनको दाबी छ । ‘शनिबार बिदाको दिन सरकारी गाडी चल्ने कुरै भएन । शुक्रबार पनि नचलेपछि इन्धनमा लाग्ने खर्च बचत हुनेछ,’ उनले भने ।

चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा उपमहानगरले साताको एक दिन साइकल चढ्ने र पालिकाभित्रका अन्य कार्यालयलाई समेत साइकल प्रयोग गर्न पत्राचार गर्ने उल्लेख गरेको थियो । पालिकाका कर अधिकृत परमेश झाका अनुसार शुक्रबार साइकल प्रयोग गर्न पालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई पत्राचार गरिसकिएको छ ।

‘शुक्रबार र शनिबार स्थानीयले पनि साइकल प्रयोग गरून् भन्ने हाम्रो रणनीति हो,’ नगरप्रमुख साहले भने, ‘यसका लागि पहिलो चरणमा नगरपालिकाबाटै अभियान सुरु गरिएको हो ।’ भानुचौकमा व्यवसाय गरिरहेका विनोद लुइँटेलले नगरको अभियानलाई सकारात्मक भएको बताए । ‘इन्धनको बचत हुने, पर्यावरण संरक्षण हुने अनि स्वास्थ्यलाई पनि लाभ हुने यस अभियानलाई सबैले सहयोग गर्नुपर्छ,’ उनले भने ।

यस्तै, उपमहानगरले फुटपाथमा सञ्चालित खुद्रा पसल तथा सडकमा राखिने निर्माण सामग्री हटाउने अभियान पनि सुरु गरेको छ । अभियानको पहिलो दिन बिहीबार नगर प्रमुख साहसहितको टोलीले नगरको मुख्य क्षेत्रमा पैदल मार्चपास गरेको थियो । ‘पहिलो चरणमा जनजागरण, दोस्रो चरणमा सम्झाइबुझाई र तेस्रो चरणमा सडक पेटीमा पसल सञ्चालन गर्ने तथा निर्माण सामग्री राख्नेहरूमाथि कारबाही अघि बढाइनेछ,’ प्रमुख साहले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]