१४ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
×

साउन महिनाको चौथो सोमबार, शिवालयमा भक्तजनको भीड

Logo
प्रकाशित सोमबार, साउन २७, २०७६

जनकपुरधाम । आज साउन महिनाको चौथो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।
हिन्दु धर्मावलम्बी महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्ने गर्छन् । सोमबारको स्वामी भगवान् शिव यो दिनलाई विशेष मानिन्छ । अझ श्रावण महिना र सोमबारको विशेष महत्व छ । श्रावण महिना शिवजीको महिना र सोमबार स्वामीको रुपमा लिइने गर्छन ।शवको अर्थ कल्याण हो ।

विधिपूर्वक शिवको आराधना गर्दा सबैको कल्याण चाहने शिव तत्काल प्रसन्न हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास छ ।’त्यसो त देवताहरुमा सर्बोत्कृष्ट भगवान शिवको उपासना गर्ने परम्परा वैदिककालदेखि नै चलेको पाइन्छ । साउने सोमबारका दिन जनकपुरधाम स्थित कपिलेश्वरनाथ , शिव चौकको शिब मन्दिर , महोत्तरीको जलेश्वर स्थित महादेव मन्दिर , क्षिरेश्वर नगरपालिकाको महादेव मठ , लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
साउन महिनामा भगवान शिवलाई जलधारा अर्पण गर्न विभिन्न स्थानमा बोलबम यात्रा पनि निकालिन्छ । शिवलाई जलधारा अर्पण गरेमा इच्छित कामना पूर्ण हुने आकांक्षाका साथ पहेंलो वस्त्र धारण गर्दै शिवभक्तहरु नजिकका शिवालयमा पुग्ने गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]