०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९

न्युजमधेस डेस्क
काठमाडौ,७ साउन।
कतारमा यसै वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो नोभेम्बरदेखि कतारमा हुने उक्त फुटबल प्रतियोगिता प्रयोजनमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको हो ।

कतारमा हुने उक्त प्रतियोगिताका लागि कतारका विभिन्न कम्पनीले नेपाली कामदार लैजान इच्छा देखाएका थिए । सोही अनुसार छोटो अवधिका लागि नेपाली श्रमिक लैजान सरकारले अनुमति दिएको हो । यसरी श्रमिक लैजाँदा सबै प्रक्रिया पुरा गरेर मात्र लैजान मिल्ने बताइएको छ ।

छोटो अवधिका लागि पठाइने हुनाले श्रम स्वीकृति नै दिएर पठाउने या कसरी भन्ने कुरा निक्र्यौल भइसकेको छैन । तर यसरी जाने श्रमिकलाई सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरुलाई अनुमति दिने बताइएको छ । उनीहरुको जाने आउने खर्च सबै रोजगारदाताले दिनुपर्नेछ ।

विश्वकपको समयका लागि कामदारको मागबारे कतारका रोजगारदाता कम्पनीहरुले नेपाली दूतावासलाई जानकारी गराएपछि दूतावसले मन्त्रालयलाई पत्र लेखेको थियो । सोही अनुसार मन्त्रालयले निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाउन लागेको हो । यस प्रक्रियाबाट कतार जाने श्रमिकले त्यहाँ बढीमा ६ महिना मात्र काम गर्न पाउनेछन् । नेपालबाट लैजाने श्रमिकको संख्या र सेवा–सुविधाबारे यकीन निर्ण भइसकेको छैन ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]