१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम साथ सम्पन्न

Logo
प्रकाशित सोमबार, साउन २७, २०७६

जनकपुरधाम । जिल्ला युवा संजाल धनुषाले अन्तराष्ट्रिय युवा दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ।

जिल्ला यूवा संजाल धनुषाले ‘शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाएको छ।

युवालाई सामाजिक विकास र राष्ट्र निर्माणमा अघि बढाउन र युवाको अधिकार स्थापित गराउन दिवस मनाएको संजालका महासचिव कुललिप साहले बताएका छन।

जिल्ला युवा संजाल धनुषाको अगुवाइमा ३६ बटा सरकारी र गैरसरकारी संघसंस्था हरुको सहकार्य चार दिवसीय कार्यक्रम अन्तर्गत आज चौथो दिन बिहान ७ बजे प्रभात फेरी कार्यक्रम जानकी मन्दिर देखि जनकचौक पुगेर कोण सभामा परिनत गरेको थियो।

त्यसैगरी बेलुका ५ बजे लागु पदार्थ दुर्व्यसन सम्बन्धी सडक नाटक, बेलुकी ५:३० बजे कबी गोस्टी र बेलुकी ६:३० बजे मिथिला चित्रकला प्रदर्शनी र साझ ७ बजे दिप प्रज्वलन कार्यक्रम गरि सम्पन्न गरिएका हुन।

यता जिल्ला युवा संजालका अध्यक्ष धिरज साहले भने यो चार दिबसीय कार्यक्रम सफल पार्नमा सहयोग गर्नु भएको सबै सहयोगीलाई हृदय देखि धन्यवाद व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]