१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

धनुषाधाम: वनमा आगलागी हुँदा करिब तीन हेक्टर वन क्षेत्रमा क्षति, तीन घण्टापछि नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,९ साउन।

धनुषाको धनुषाधामस्थित रहेको संरक्षित वनमा लागेको आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसो संरक्षित वन क्षेत्रको पूर्व–उत्तर कुनामा लागेको आगो वन कर्मचारी, शसस्त्र प्रहरी र जनपद प्रहरीले बरुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा आएको हो ।

आगलगीका कारण करिब तीन हेक्टर वन क्षेत्रमा क्षति भएको छ । आगलगी हुनको मुख्य कारण खुल्न नसकेपनि धनुषाधाम नगरपालिकाले संकलन गरेर वन क्षेत्रमा फालिएको फोहरबाट आगो फैलिएको बताइएको छ ।

डिभिजन वन कार्यालय धनुषाका निमित डिभिजनल प्रमुख सुरेश शर्माले संरक्षित वनमा लागेको आगो वनकर्मचारी, सुरक्षाकर्मी र बरुणयन्त्रको सहयोगमा निभाउन सफल भएको बताए । दिउँसो २ बजे लागेको साँझ ५ बजेतिर नियन्त्रणमा आएको उनले जनाए ।

संरक्षित वनमा लागेको आगो पहिला वनकर्मचारीले नै निभाउने प्रयाय गरेको बताउँदै डिभिजनल प्रमुख शर्माले आगलगी नियन्त्रण नभएपछि आफूलाई जानकारी गराएको बताए । आफूलाई जानकारी प्राप्त भए लगतै सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाबाट गरी दुइवटा बरुणयन्त्र र स्थानीय सुरक्षाकर्मीलाई मगाएको उनले भने ।

डिभिजनल प्रमुख शर्माका अनुसार वन क्षेत्रमा धनुषाधाम नगरपालिकाले फालिएको फोहरबाट आगलगी भएको प्रारम्भिक अनुमान गरिएको छ । फोहर फालिएकै स्थानबाट आगो फैलिएको देखिन्छ । आगलगीबाट झण्डै तीन हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । समयमै आगलगी नियन्त्रण गर्न सफल भएकाले ठूलो संख्यामा जैविक विविधता नोक्सान हुनबाट जोगिएको छ, उनले भने ।

संरक्षित वन क्षेत्रमा सालको रुखलगायत विभिन्न प्रजातिका रुखबिरुवा, चराचुरुङ्गी र जीवजन्तु रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]