१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

फिल्म ‘मुस्कान’मा मधेस प्रदेशका कयौं मन्त्रीहरु मुख्य रोल निभाउने

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१० साउन। मधेश प्रदेश वीरगँजकी एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म मुस्कानमा वनमन्त्री प्रदीप यादवले हिरोको रोल निभाउने भएको छ ।

नेपाल सरकारको वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् ।

एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित हुने यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ । छायांकनको लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरे ।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।

निर्देशक ढुंगानाले खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्‍याउने पात्रलाई समेटेर फिल्म बनाउन लागेका हुन् । ‘वनमन्त्री ज्यूले पनि सघाएकाले उहाँलाई पनि हिरो बनाउन लागेका हौं,’ ढुंगानाले भने ।

फिल्ममा मुस्कान स्वयंको पनि प्रमुख भूमिका हुन्छ । यसबाहेक रमितसँग रोधी घर र पृथ्वीनारायण शाह नामक दुई फिल्म पनि पाइपलाइनमा छन् । अहिले यी दुई फिल्मको अनुुसन्धान र स्क्रिप्ट लेखनको कार्य भइरहेको छ ।

साउन अन्तिमदेखि फिल्मको छायांकन सुरु हुने निर्देशक ढुंगानाले बताए । फिल्मको तयारी लागि यसैसाता अमेरिकाबाट नेपाल आइपुगेका रमितले आइतबार वन तथा वातावरण मन्त्रालय पुगेर मन्त्री यादवसँग छायांकनको योजनाबारे छलफल गरेका छन् ।

उनका अनुसार मन्त्री यादवले फिल्म छायांकनको लागि तीन दिनको समय छु्ट्टाएका छन् । मन्त्रालय सम्हालेपछि यादवले फिल्म खेल्ने निधो गरेका भने होइनन्, त्यसअघि नै उनले अभिनय गर्ने निर्णय गरेका थिए ।

मधेश प्रदेशमा मात्र नभएर देशैभरि दर्जनौ एसिड पीडितहरु अहिले पनि समस्याहरुसँग जुधिरहेकी छन् । उनीहरु एसिडको सिकार भएर सर्भाइभ गरिरहेकी छन् ।

जनकपुरकै आरती साह पनि एसिड पीडितको शिकार भई समाजिक जीवनसँग जुधिरहेकी छन् । दर्जनौ यस्ता घटनाहरुको पात्रलाई नसमेटी मात्र मुस्कान खातुनको जीवनलाई लिएर फिल्म बनाउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]