२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

पूर्व मन्त्रीसँग चुनावमा भिड्दै इन्जिनियर जय शाह

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१० श्रावण । आगामी प्रतिनिधि सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट इन्जिनियर, शिक्षक जय शाहले उम्मेदवारी दिने भएका छन् । स्थायी घर बर्दिवास नगरपालिका १३ भएका ३२ वर्षीय शाहले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

यसअघि निर्वाचित सांसदहरुले नतिजामुखी काम नगरेको भन्दै आफूले उम्मेदवारी दिनुपरेको उनले बताए । भारतको बैंगलोरबाट इन्जिनियर पढेका शाहले अहिले ब्याचलरमा गणित र विज्ञान विषयमा अध्यापन पनि गराइरहेका छन् ।

पहिलो पटक उम्मेदवारी दिन लागेका शाहले युवाहरुको साथ भएकाले चुनाव जित्ने संभावना बलियो रहेको बताए । आफूले चुनाव जितेको खण्डमा शैक्षिक क्षेत्र, स्वास्थ्य, खानेपानी, कृषि लगायतमा आएको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानतर्फ केन्द्रित हुने उनको भनाई छ ।

यतिबेला सोही क्षेत्रबाट उनको प्रतिस्पर्धीको रुपमा पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, लक्ष्मी महतो लगायतका उम्मेद्वारहरुले पनि चुनावी तयारी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]