०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जेसीजका निबर्तमान पदाधिकारी आफूखुशी खाता खोलेर भर्दैछन् गोजी

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० श्रावण । जनकपुर जेसीजका निवर्तमान पदाधिकारीले संस्थाको रकम आफूखुशी चलाएका छन् ।

जनकपुर जेसीजका निवर्तमान अध्यक्ष र का.उपाध्यक्ष मिलेर संस्थाको लाखौं रकम पचाएको पाइएको छ । निबर्तमान अध्यक्ष मनोज साह र निबर्तमान का .उपाध्यक्ष उपेन्द्र साहले जनकपुर जेसीजमा आर्थिक चलखेल गरेको खुल्न आएको छ ।

उपेन्द्र यसअघि कार्यकारिणी उपाध्यक्ष थिए । तर मनोजसँग मिलेर उपेन्द्रले मेगा बैंकमा खाता खोलेर रकम आफ्नो गोजीमा हालेका छन् ।

जनकपुर जेसीजका कार्य समितिका एक जना सदस्यले नाम नबताउने शर्तमा जनकपुर जेसीजको नाममा मेगा बैंकमा खाता खोली खाताबाट सहयोगको नाममा रकम जम्मा गर्न लगाई आफूखुशी निकालेको जानकारी गराएका छन् ।

खातामा रहेको रकमका साथै बिभिन्न व्यक्तिबाट चन्दाको नाममा रकम उठाएर दुबैले आफ्नो गोजीमा हालेको उनको भनाई छ ।

मनोज वर्ष २०२२ का नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवं जनकपुर जेसीजका निवर्तमान अध्यक्ष हुन् । उपेन्द्र यस अघि का उपाध्यक्ष भएपनि कोषाध्यक्ष बनेर खाता खोलेका छन् । मनोज नेतृत्वको जेसीज कार्यकालमा आतोष साह कोषाध्यक्ष थिए ।

तर मनोज र उपेन्द्रले गरेको माइन्यूटमा उपेन्द्रलाई कोषाध्यक्ष भनिएको छ । त्यहीं आधारमा दुबैले मेगा बैंकमा खाता खोलेर आफू अनुकुल आर्थिक कारोबार गरिरहेको जेसीजका एक सदस्यले बताएका छन् ।

दुबैले गरेको अनियमितता छानबिन हुनुपर्ने जेसीजका सदस्यले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]