०४ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

आर्थिक अनियमितता सम्बन्धि समाचार बाहिरिएपछि जनकपुर जेसीज एक्सनमा

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० श्रावण । संस्थामा अनियमितता भएको भन्दै समाचारहरु बाहिरिएपछि जनकपुर जेसीजले यसको छानबिनका लागि समिति बनाउने भएको छ ।

समिति बनाउनका लागि जेसीजले बुधबार साधारणसभा आह्वान गरेको छ । समाचार मार्फत् आएका बिषयको बारेमा छलफल गर्दै त्यस सम्बन्धी छानबिनका लागि समिति बनाउने उद्देश्यले साधारण सभा आह्वान गरिएको जनकपुर जेसीजका अध्यक्ष राज कुमार साहले बताएका छन् ।

अध्यक्ष साहसहितकाले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका छन् । अध्यक्ष साहले मिडिया र समाजिक सञ्जालमा जनकपुर जेसिजलाई जोडेर अनियमितता सहितको विवादित समाचारहरु प्रकाशन भएपछि त्यहीं बिषयमा छलफलका निम्ति साधारणसभा बोलाइएको बताए ।

जेसिजका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मिलेर व्यापक रुपमा जेसिज विरुद्वको गतिविधीहरु गरिरहेको भन्दै उनीहरु सहितका लाई स्पष्टीकरण सोधिएको अध्यक्ष साहको भनाई छ ।

साधारणसभाबाट सम्पुर्ण घटनाको छानविनका लागि समिति बनाउने र दोषिलाई कार्वाही हुने उनले बताएका छन् । आफुलाई अध्यक्ष भन्दै विभिन्न पदाधिकारीहरु समानान्तर गतिविधी गरिरहेको भन्दै उनले जेसिजमा भएको अनियमितताको खोजतालस गर्दै गर्दा आफु विरुद्व षडयन्त्र भइरहेको समेत उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]