२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

आर्थिक अनियमितता सम्बन्धि समाचार बाहिरिएपछि जनकपुर जेसीज एक्सनमा

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० श्रावण । संस्थामा अनियमितता भएको भन्दै समाचारहरु बाहिरिएपछि जनकपुर जेसीजले यसको छानबिनका लागि समिति बनाउने भएको छ ।

समिति बनाउनका लागि जेसीजले बुधबार साधारणसभा आह्वान गरेको छ । समाचार मार्फत् आएका बिषयको बारेमा छलफल गर्दै त्यस सम्बन्धी छानबिनका लागि समिति बनाउने उद्देश्यले साधारण सभा आह्वान गरिएको जनकपुर जेसीजका अध्यक्ष राज कुमार साहले बताएका छन् ।

अध्यक्ष साहसहितकाले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएका छन् । अध्यक्ष साहले मिडिया र समाजिक सञ्जालमा जनकपुर जेसिजलाई जोडेर अनियमितता सहितको विवादित समाचारहरु प्रकाशन भएपछि त्यहीं बिषयमा छलफलका निम्ति साधारणसभा बोलाइएको बताए ।

जेसिजका उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मिलेर व्यापक रुपमा जेसिज विरुद्वको गतिविधीहरु गरिरहेको भन्दै उनीहरु सहितका लाई स्पष्टीकरण सोधिएको अध्यक्ष साहको भनाई छ ।

साधारणसभाबाट सम्पुर्ण घटनाको छानविनका लागि समिति बनाउने र दोषिलाई कार्वाही हुने उनले बताएका छन् । आफुलाई अध्यक्ष भन्दै विभिन्न पदाधिकारीहरु समानान्तर गतिविधी गरिरहेको भन्दै उनले जेसिजमा भएको अनियमितताको खोजतालस गर्दै गर्दा आफु विरुद्व षडयन्त्र भइरहेको समेत उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]