२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

अझैसम्म लुटेराको पहिचान हुन सकेनन्

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,११ साउन।
जनकपुरधामबाट दिउसै दुई लाख रुपैयाँ लुटेर भागेका लुटेराको पहिचान हुन सकेको छैन् ।

सोमबार मिल्स एरियास्थित एभेरेष्ट बैंकबाट पैसा झिकेर घर जाँदै गरेकी शर्मिला यादवको दुई लाख रुपैयाँ मोनाष्टिक स्कुलनजिक मोटरसाइकलमा आएका दुई जनाले लुटेर भागेका थिए । धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुरल क्षेत्रीले बैंकको सिसिटिभी फुटेजमा शंकास्पद व्यक्ति देखिएको बताए । यद्यपि उनको पहिचान हुन सकेका छैन् । ‘उनीहरु मास्क लगाएको फुटेजमा देखिएको छ । ती महिलामाथि उनीहरु पटक पटक निगरानी गरिरहेको र कुनै कामले बैंकमा गएको देखिन्छ,’उनले भने,‘लुट्ने बेला पनि मास्क र दुबै जनाले हेलमेट लगाएको कारण खोजी गर्न केही कठिनाई भइरहेको छ ।’ प्रहरीले अर्को माध्यमबाट लुटेराको खोजी सुरु गरेको उनले जानकारी दिए । शर्मिलाका श्रीमान् देवशरण यादव साउदीमा छन् । उनले नै पठाएको रकम बैंकबाट झिकेर घर जाँदै गर्दा बाटोमा शर्मिलाको हातबाट रातो मोटरसाइकलमा आएका व्यक्तिहरुले लुटेर भागेको प्रहरीले जनाएको छ । उनका अनुसार झोलामा २ लाख नगद, नागरिकता, बैंक सम्बन्धी कागजात र बाटो खर्चको लागि राखेको थप पाँच सय रुपैयाँ थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]