१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

Janakpur:औषधि पसलमा अनुगमन गरेपछि तीन पसलमा सिलबन्दी, केही बन्द गरेर भागे

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,११ श्रावण। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित औषधि व्यवस्था विभागले औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे ।

बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा भागाभाग भएको हो ।

विभागले अनुगमनको क्रममा अवैधानिकरूपमा सञ्चालनमा रहेका तीन वटा औषधि पसलमा सिलबन्दी गरेको जनाएको छ । विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल रोडमा सञ्चालित पूर्वी क्लिनिक, जनकपुर प्रादेशिक अस्पताल अगाडिको अर्थोपेडिक ट्रमा क्लिनिकभित्र सञ्चालित औषधि पसलमा सिल गरेको जानकारी दिए ।

जनकपुरधाममा वर्षौंदेखि अधिकांश औषधि पसल अवैधानिकरुपमा सञ्चालनमा छन् । लामो समयदेखि अवैधानिकरुपमा सञ्चालित त्यस्ता पसलका सञ्चालकहरु सम्बन्धित निकायले अनुगमन थालेपछि पसल बन्द गरेर भाग्ने गरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]