२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

धनुषामा विद्यालयमै ओरकेष्ट्रामा अश्लिल गीतमाथी जनप्रतिनीधि नाच्दै

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, १२ साउन।
धनुषामा प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ ।

धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया गोठ टोलस्थित रहेको निम्न माध्यमिक विद्यालयमै ओरकेष्ट्रा नचाएको भिडियोहरु समाजिक संजालमा सार्वजनिक भएको छ ।

विद्यालय प्राँगनभित्र सावन मेलामा आयोजना गरिदै आएको ओरकेष्ट्रामा जनप्रतिनीधिहरुले पैसा लगाएका छन् । धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात ओरकेष्ट्रामा अश्लिल गीतहरुमाथी जनप्रतिनीधिहरु नाच्दै गरेको देखिए ।

ईलाका प्रहरी कार्यालय औरहीका सईसहित भररिया प्रहरी चौकीका असई एवम् ईन्चार्ज राम लक्षण यादवले आफैँ रोहबरमा बसेर धनुषा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाएका छन् ।

प्रहरीले हुने अश्लिल ओरकेष्ट्रा नियन्त्रण भन्दा पनि नचाउनको लागि आफैँ उपस्थित भएर हेर्न थालेपछि प्रहरीमाथिको विश्वास समेत गुमेको छ । प्रहरी ईन्चार्ज आफैँ बसेर ओरकेष्ट्रामा सरिक भए ।

विद्यालय जस्तो क्षेत्रमा ओरकेष्ट्रा नचाउनको लागि वडा नं. ३ का वडाध्यक्ष राम नारायण यादवले चन्दा सहयोग गरेका छन् । वडाबाट समेत वडाध्यक्ष यादवले ओरकेष्ट्रा नचाउन आर्थिक सहयोग गरेको बुझिएको छ ।https://facebook.com/100063713675518/posts/pfbid035SwUJqDCizU46g1cXyRFC5DZNCrZKcURm6WAgTf51JzuAEDki3YeM8Kf4Yg44r9il/

ओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “लहँगा उठेबे त छौडी देबौ ५००” भन्ने बोलको गीतमा जनप्रतिनीधिहरु झुमेको देखिए । यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ ।

यता, वडाध्यक्ष यादवले भने विद्यालयमा कुनै पनि प्रकारको त्यस्तो कार्यक्रम नभएको बताएका छन् । उनले विद्यालयमा ओरकेष्ट्रा भएको वा अन्य कुनै कार्यक्रम नभएको उनले बताए ।

सो क्रममा प्रहरी चौकी भररियाका असई राम लक्षण यादवले भने कार्यक्रम भएको स्वीकारे । उनले सो ठाउँमा धार्मिक कार्यक्रम मात्र भएको प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]