२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

अवैध काठको गोलियासहित ट्याक्टर बरामद

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्युजमधेस डेस्क
धनुषा(सबैला)।
धनुषा प्रहरीले अवैध काठको गोलियासहित ट्याक्टर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बुधबार अन्दाजी ५५ क्यूफिट जङ्गली काठका गोलियासहित ज १ त ९३४८ नम्बरको ट्याकटर प्रहरीले बरामद गरेको बताउनुभयो ।

लुकाइछिपाई ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले भठिहनबाट सो काठ बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

अवैध काठ, ट्याक्टर र ट्याक्टर चालक शहीदनगर नगरपालिका–२, बस्ने ३० वर्षिय श्रवणकुमार यादवसमेतलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय धनुषाधाममा बुझाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

सव डिभिजन वन कार्यालय धनुषाधामका वन अधिकृत उमेश मण्डलले प्रहरीले बरामद गरेको अवैध काठ, ट्याक्टर त्यस ट्याक्टरका चालकलाई वन कार्यलयमा जिम्मा लगाएको बताउनुभयो । उहाँले अहिले वन कार्यालयको नियन्त्रणमा रहेको अवैध काठ, ट्याक्टरसँगै चालकमाथि थप अनुसन्धान भइरहेको तथा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकबाट

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]