१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

जलेश्वर भन्सार कार्यालयद्वारा नौ करोड ३४ लाख राजस्व संकलन

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्युजमधेस डेस्क
महोत्तरी,१३ साउन। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को  साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिए । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार संकलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ ४३ करोड ५२ लाख संकलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार संकलन गरेको छ ।

त्यसैगरी अन्तशुल्क तर्फ पाँच करोड ३१ लाख ६९ हजार संकलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार संकलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गरेको जनाइएको छ ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]