१३ जेठ २०८३, बिहिबार
28-05-2026 , Thu
×

जलेश्वर भन्सार कार्यालयद्वारा नौ करोड ३४ लाख राजस्व संकलन

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्युजमधेस डेस्क
महोत्तरी,१३ साउन। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को  साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीले जानकारी दिए । जलेश्वर भन्सारले पैठारी महसुलतर्फ एक अर्ब ११ करोड ८२ लाख ७ हजार लक्ष्य लिएकोमा एक अर्ब ८६ करोड ३९ लाख २४ हजार संकलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ ४३ करोड ५२ लाख संकलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ७६ लाख ४१ हजार संकलन गरेको छ ।

त्यसैगरी अन्तशुल्क तर्फ पाँच करोड ३१ लाख ६९ हजार संकलन गर्ने लक्ष्य लिएकोमा चार करोड ८१ लाख ३४ हजार संकलन गरेको छ । र त्यसैगरी अन्यतर्फ १० करोड ५ लाख एक हजार संकलन गर्ने लक्ष्य लिएकोमा २३ करोड ३७ लाख ७२ हजार राजस्व संकलन गरेको जनाइएको छ ।

सो भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा तीन अर्ब ९ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]