२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

प्रहरीबाटै यौन दुर्व्यवहार

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,१३ साउन।

इलाका प्रहरी कार्यालयमा एक जना थुनुवा युवती प्रहरीबाटै यौन दुर्व्यवहारमा परेकी छन् ।

बाँकेको कोहलपुरमा बहुविवाह गरेको अरोपामा थुनामा रहेकी युवतीलाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असइ प्रविण चौलागाइँले आफ्नो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

रातको २ बजे हिरासतबाट बाहिर बोलाएर कोठमा लगि दुर्व्यवहार गरेको भन्दै ती थुनुवा युवतीले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले असइ चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले उक्त घटनामा आरोपित चौलागाइँलाई कानुन अनुसार कारबाही गर्ने जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो । ‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार […]

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो । नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक […]