२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

नेकपा एमालेका नेता कमल देव यादवले धनुषा निर्वाचन क्षेत्र नं. २ (क)बाट चुनाव लड्ने पक्का

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ श्रावण । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश सांसदमा नेकपा एमालेका नेता कमल देव यादवले पनि चुनाव लड्ने भएको छ।

नेता यादवले न्यूजमधेशसंग कुरा गर्दै उनले भने,’धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट आफुले उम्मेदवारी दिने बताएको छ ।

पुर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका यादवले आगामी संसदीय चुनावमा प्रदेश सांसदको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य समेत रहेका कमलदेव यादव धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मलहनिया स्थायी निवासी हुन् ।

२०४५ सालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका ५२ बर्षिय यादव विद्यार्थी कालदेखि नै बामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका हुन् । उनी २०५४ सालमा स्थानीय तहको चुनावमा एमाले पार्टीबाटै गाविस उपाध्यक्षका उम्मेदवार थिए ।

२०६४ सालदेखि २०७८ सालसम्म एमालेको धनुषा जिल्ला कमिटि सदस्य रहँदै आएका कमलदेव यादवले नेकपा एकिकरणको बेला उनी केन्द्रीय सदस्य भएका थिए ।

जनकनन्दिनी गाउँपालिका, कमला नगरपालिकामा एमालेको मध्यम पक्कड छ । यी दुई पालिकामा एमालेको स्थानीय तहको मत हेर्दा मध्यम पक्कड मानिएको छ भने शहिदनगर नगरपालिकामा अलिक कमजोर मानिएको छ ।

विदेह नगरपालिकामा एमालेको बलियो पक्कड रहेको छ । यादवले प्रदेश सांसदको लागि पहिलेदेखि नै तयारी गरिरहेको एक नेताले बताए।उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका पालिकाहरुमा आफ्ना समर्थकहरुसंग भेटघाटसहित विभिन्न कार्यक्रमहरु गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]