२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

वीरगञ्जमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

न्यूजमधेश डेस्क
वीरगञ्ज,१४ श्रावण । पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ।

निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सीमानाकाबाट नेपाल भित्रिनेलाई क्वारेन्टिनमा राख्न सरकारले वीरगञ्ज नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको हो। ‘निर्माण कार्य अन्तिम चरणमा पुगेको छ’, दाहालले भने। निर्माणधीन संरचनाको व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ।

भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिनमा राख्न उक्त क्षेत्रमा करिब २८ करोडको लागतमा भवन निर्माण गरिएको हो। निर्माण गरिएका पूर्वाधारमा १३ भान्साघर, २२ शौचालय र एक हजार व्यक्ति अटाउने २२ क्वारेन्टिन भवन रहेका छन्। नौ सय श्ययामा सामान्य लक्षण तथा एक सय श्ययामा जटिल अवस्थाका बिरामीलाई राखिने दाहालले बताए।

सरकारले २०७८ असार २५ गतेदेखि वीरगञ्ज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक करिब दुई बिघा जग्गामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो।

विसं २०७८ वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको उद्देश्यसहित मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण कार्य अघि बढाएको थियो।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको सूचकाङ्क फेरि उकालो लाग्दै गएपछि होल्डिङ सेन्टर निर्माण अघि बढाइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]