१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

देशकै निम्ति मर्न सकूँ भन्दै रोए, धरानका नगरप्रमुख हर्क साम्पाङ

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

न्युजमधेस डेस्क
धरान,१४ श्रावण।
सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै थिए । त्यस क्रममा अचानक डाँको छोडेर रोएको देखिन्छ ।

उनले सम्बोधनका क्रममा भनेका थिए, ‘देशकै निम्ति मर्न सकूँ, देशकै लागि गर्न सकूँ, जे होस् मलाई खुसी लाग्छ । आज देश विदेशबाट भेट्न आउनु भएको छ । (रुँदै…) म एउटा सानो मान्छे हुँ । देश सोच्नुहोस्, देशकै लागि कर्म गर्नुहोस् । एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने उत्प्रेरणा दिन चाहन्छु ।’ उनले आफ्नो सम्बोधनकै क्रममा प्रतियोगितालाई उत्प्रेरणा दिने ठाउँमा आफू भए पनि एक्कासि रुन आएको बताएका थिए । ‘म तपाईंहरूलाई प्रेरणा दिन आएको थिएँ तर आफैँ भावुक बने,’ उनले भने, ‘म मान्छे हुँ, मान्छेलाई कहिले हाँस उठ्छ, कहिले रिस, कहिले रुन आउँछ यस्तै भयो आज ।’

निशाने खोलामा उनले पानीमा भिज्दै विरुवा रोपेका थिए । त्यस क्रममा उनले जलाधार क्षेत्रमा वृक्षारोपण नगरिँदा र भएको पनि जग्गा किनबेचको नाममा मासिँदा खोलामा पानी सुकेको बताए । त्यस क्षेत्रमा अब १ करोडभन्दा बढी बिरुवा रोप्नुपर्ने बताउँदै उनले त्यसपछि खोलामा चैत महिनामा पनि पानी बग्न थाल्ने विश्वास व्यक्त गरे ।

त्यस क्रममा उनलाई साथ दिन थुप्रै मानिस त्यहाँ पुगेका थिए । मेयर साम्पाङले आफू सानो मान्छे भए पनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफूलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिएका छन् । ‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो,’ उनले स्थानीय मिडियालाई प्रक्रिया दिँदै भने, ‘कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]