२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

देशकै निम्ति मर्न सकूँ भन्दै रोए, धरानका नगरप्रमुख हर्क साम्पाङ

Logo
प्रकाशित शनिबार, साउन १४, २०७९

न्युजमधेस डेस्क
धरान,१४ श्रावण।
सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत सम्झिँदै सम्बोधन गर्दै थिए । त्यस क्रममा अचानक डाँको छोडेर रोएको देखिन्छ ।

उनले सम्बोधनका क्रममा भनेका थिए, ‘देशकै निम्ति मर्न सकूँ, देशकै लागि गर्न सकूँ, जे होस् मलाई खुसी लाग्छ । आज देश विदेशबाट भेट्न आउनु भएको छ । (रुँदै…) म एउटा सानो मान्छे हुँ । देश सोच्नुहोस्, देशकै लागि कर्म गर्नुहोस् । एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने उत्प्रेरणा दिन चाहन्छु ।’ उनले आफ्नो सम्बोधनकै क्रममा प्रतियोगितालाई उत्प्रेरणा दिने ठाउँमा आफू भए पनि एक्कासि रुन आएको बताएका थिए । ‘म तपाईंहरूलाई प्रेरणा दिन आएको थिएँ तर आफैँ भावुक बने,’ उनले भने, ‘म मान्छे हुँ, मान्छेलाई कहिले हाँस उठ्छ, कहिले रिस, कहिले रुन आउँछ यस्तै भयो आज ।’

निशाने खोलामा उनले पानीमा भिज्दै विरुवा रोपेका थिए । त्यस क्रममा उनले जलाधार क्षेत्रमा वृक्षारोपण नगरिँदा र भएको पनि जग्गा किनबेचको नाममा मासिँदा खोलामा पानी सुकेको बताए । त्यस क्षेत्रमा अब १ करोडभन्दा बढी बिरुवा रोप्नुपर्ने बताउँदै उनले त्यसपछि खोलामा चैत महिनामा पनि पानी बग्न थाल्ने विश्वास व्यक्त गरे ।

त्यस क्रममा उनलाई साथ दिन थुप्रै मानिस त्यहाँ पुगेका थिए । मेयर साम्पाङले आफू सानो मान्छे भए पनि देश, विदेशबाट पाएको साथ, माया र समर्थनले आफूलाई भावुक बनाएको र रुन पुगेको प्रतिक्रिया दिएका छन् । ‘मान्छे हो, घरी मान्छेलाई हाँस उठ्छ, घरी रिस उठ्छ, रुन पनि मन लाग्दो रहेछ, त्यो स्थितिमा मलाई आज अचानक फिल भयो,’ उनले स्थानीय मिडियालाई प्रक्रिया दिँदै भने, ‘कुनै दुःख र पीडाले होइन, हर्षले नै म रोएको हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]