१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

कमला युवा संजालले वडा स्तरीय क्रीकेट र फुटबलको टुनामेच गराउने

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ श्रावण ।कमला नगरपालिकाका युवाहरुको साझा संगठन कमला युवा संजालले वडा स्तरीय क्रीकेट र फुटबलको टुनामेच गर्ने निर्णय गरेको छ।

शनिबार कमला नगरपालिका – ९ का वडा कार्यलयमा कमला युवा संजालका सचिव चन्द्रदीप यादवको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरेका हुन।

सो बैठकमा विगतमा गरेका कार्यक्रमहरुको बारेमा समिक्षा गर्दै संजालको आफ्नै भवन निर्माण गर्ने निर्णयसमेत गरेको संजालका सदस्य ई.सन्तोष यादवले बताएको छ।उनका अनुसार अब केहि दिनमा नगरपालिका भित्र रहेका सरकारी विद्यालयहरुलाई समेटर हाजरी जवाफ प्रतियोगिता गराउनेजस्ता ६ वटा निर्णय गरेको हो।

उक्त बैठकमा संजालका कोषाध्यक्ष इसराफिर राईन,उमेश यादव,राम जुनुम यादवलगाइतका संजालका पदाधिकारीहरुको उपस्तिथिमा निर्णयहरु पारित भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]