२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

बोलबम यात्री सवार गाडीमा तार छुँदा १० जना काँवरियाको मृत्यू, १६ जना घाइते

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

न्युजमधेस डेस्क
बोलबम जाँदै गरेको काँवरिया
सवार भ्यानमा बिजुलीको तार छुँदा १० जना काँवरियाको मृत्यू भएको छ ।
भारतमा मन्दिर गइरहेका व्यक्ति सवार भ्यानमा बिजुली सर्ट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।

भारतको उत्तर बंगालस्थित कुचबिहार जिल्लाबाट जल चढाउनका लागि जलपाइगुडी जिल्लाको जल्पेश मन्दिर गइरहेका कावडि समूदायका मानिसहरु सवार भ्यानमा बिजुली सर्ट हुँदा ज्यान गएको जनाइएको छ।

घटनामा १६ जना घाइते भएका छन्। घाइतेलाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले पिकअप भ्यानमा डीजे बजाउनका लागि जडान गरिएको जेनेरेटरमा बिजुली सर्ट हुँदा दुर्घटना भएको अनुमान गरेको जनाएको छ।

भ्यानका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भ्यानमा २७ जना सवार थिए।

भ्यानमा रहेका यात्रु बेहोस देखेपछि चालकले नै उनीहरुलाई अस्पताल लगेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]