०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

बोलबम यात्री सवार गाडीमा तार छुँदा १० जना काँवरियाको मृत्यू, १६ जना घाइते

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

न्युजमधेस डेस्क
बोलबम जाँदै गरेको काँवरिया
सवार भ्यानमा बिजुलीको तार छुँदा १० जना काँवरियाको मृत्यू भएको छ ।
भारतमा मन्दिर गइरहेका व्यक्ति सवार भ्यानमा बिजुली सर्ट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।

भारतको उत्तर बंगालस्थित कुचबिहार जिल्लाबाट जल चढाउनका लागि जलपाइगुडी जिल्लाको जल्पेश मन्दिर गइरहेका कावडि समूदायका मानिसहरु सवार भ्यानमा बिजुली सर्ट हुँदा ज्यान गएको जनाइएको छ।

घटनामा १६ जना घाइते भएका छन्। घाइतेलाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले पिकअप भ्यानमा डीजे बजाउनका लागि जडान गरिएको जेनेरेटरमा बिजुली सर्ट हुँदा दुर्घटना भएको अनुमान गरेको जनाएको छ।

भ्यानका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भ्यानमा २७ जना सवार थिए।

भ्यानमा रहेका यात्रु बेहोस देखेपछि चालकले नै उनीहरुलाई अस्पताल लगेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]