१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Logo
प्रकाशित बिहिबार, साउन १९, २०७९

न्यूजमधेश डेस्क
महेत्तरी ,१९ श्रावण । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना ४ ख ३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएकामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भने उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

मृतक दिलीपको शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने निजलाई ठक्कर दिने डण्डी बोकेको ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]