१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

नगरप्रमुखको दादागिरी, कानुन मिचेर `अधिकृत´को जिम्मेवार दिए

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२० साउन। बारा जिल्ला स्थित सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार नियम, कानून, विधि प्रक्रिया समेतलाई वेवास्ता गर्दै प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई काज फिर्ता गरेका छन् ।

स्थानीय सरकार संचालन ऐन समेतलाई वेवास्ता गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने सरुवा निमित हाकिम तोक्ने काम समेत नगरप्रमुख कलवारले गरेको देखिएको छ । पत्र संख्या ०७९÷८० को चलानी नम्बर ५१ को पत्र मार्फत नगरप्रमुख कलवारले प्रमुख प्रशासकीय अधिकृत जयसवालको काज सरुवा र आर्युवेद कार्यालय सिम्रौनगढका कबिराज निरीक्षक वीरेन्द्र साहलाई निमित प्रमुख प्रशासकीय अधिकृतको रुपमा बहाली गरेका छन् । केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय बारामा सिम्रौनगढ नगरपालिकाको कुनैपनि काम गर्दा कार्यपालिकाको निर्णय गरेर अगाडि बढने लिखित सहमति गरेका नगरप्रमुख कलवारले कार्यपालिकामा कुनै जानकारी नै नदिई आफू खुसी आप्mनो एकल निणर््ायले प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई काज फिर्ता गर्ने निर्णय गरेका हुन् । नगरप्रमुख कलवारको निर्णयबाट नगरपालिकाको शिर निहुरिने काम भएको वडा नम्बर ४ का वडाअध्यक्ष अवधेश सहनीले बताए ।

निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका्र साहले यो भन्दा अगाडि आफूलाई निमित प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको भनेर जयसवाल माथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुँदा सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दाको छिनोफानो नभएसम्म निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्म्ेवारीमा बस्न नपाउने कानूनी प्रवधानलाई, अदालतको सम्मानलाई समेत वेवास्ता गर्दै निमित अधिकृतको कुर्सीमा अर्को ठाँउमा पद बहाल गर्नुले पनि उनी पदलोलुप भएको व्यतिm हो भने प्रष्ट हुन्छ वडा नम्बर ३ का वडाअध्यक्ष उजिउल्लाह अंसारीले भने । यो भन्दा अगाडि पनि पदको लोभमा साह विवादमा फस्दै आएको पात्रको रुपमा परिचित रहेका छन वडाअध्यक्ष उजिल्लाहले बताए । यता नगरप्रमुख कलवारले हाकिम नभएको अवस्थामा जेष्ठताका आधारमा साहलाई निमित हाकिमको जिम्मेवारी दिएको बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]