०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

आमा र पाँच महिने बच्चाको हत्या गरिएको आरोप

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२० साउन। ५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या गरिएको आरोप लगाइएको छ ।

बारा जिल्लाको पचरौता न.पा– ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनम साहलाई विगत ५ वर्ष अघि सामाजिक परम्परा अनुसार रौतहटको मौलापुर न.पा.– ७ टोल संगैयाका सियाराम साहका छोरा रवीन्द्र साहसंग विवाह भएको थियो । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा बिहीबार पत्रकार सम्मेलनमा मृतक पुनम २ वर्ष अधि गर्भवती भएकी वेला श्रीमान पक्षले अल्ट्रासाउण्ड गराई, गर्भमा रहेको बच्चा छोरी भएको जानकारी हुनासाथ मृतकलाई डरत्रास, धम्कीदिइ सो गर्भ पतन गर्न लगाएको थियो तर त्यस बेला पनि मृतक साहले आप्mनो गर्भमा रहेको बच्चा पतन गर्न नमाने पनि ससुराली पक्षहरुले जवर्जस्तीमा गराएको पीडितले बताएका छन् । हाल दोश्रो पल्ट गर्भवती भएको बिषय खुशी हुदै आफनो श्रीमानलाई पुनमले बताए त्यसपछि पुनमको गर्भ भित्र के छ भनेर अल्ट्रासाउण्ड गराउन लगेपछि छोरी भएको थाहा पाई ससुरा पक्षले गर्भ तुहाउन दबाब दिन थाले तर पुनमले इन्कार गरे पछि ससुरा, सास र श्रीमान तथा घरको अन्य सदस्यहरुले लछार पछाड़ गरी सामूहिक हत्या गरी पछि पासो लगाई झुन्डयाइ दिएका थिए ।

यही साउन १५ गतेका दिन बिहान लगभग ८ देखि १० बजे भित्रमा हत्या गरी हामी माईती पक्षलाई राति ८ बजे १० घण्टाको अन्तरालमा जानकारी आए पश्चात हेर्न जादा बहिनी पुनम समक्ष हामीलाई प्रहरी र ससुरा पक्षका व्यक्तिहरुले पुग्न दिएन । मेरो बहिनीको झुन्डिएको अवस्था बनाई हामीलाई शवलाई पोष्टमार्टम गरेको समेत हेर्न दिएन भनि मृतकका दाई पन्नालाल साहले पत्रकार सम्मेलनमा बताए । बहिनीलाई हत्या गरिएको ४ दिन वित्न लाग्दा पनि न्यायका लागि हामीले जिल्ला प्रहरी कार्यालय गौरको रौतहटमा धाउदा पनि न्याय नपाएको अवस्था नदेखिएको हुदा पीडित पक्षले गुनासो व्यक्त गरेका छन । मृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टि हँुदाहँुदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुँच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्दा लिएर जाँदा कुनै प्रकारको सुनुवाई नभएको मृतकको दाई साहले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]