२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

डा.सिके राउतले उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

 

न्युजमधेस डेस्क
जनकपुरधाम,२० साउन। आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका एक नेताले जानकारी दिएका हुन् ।

२०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेकाे छ । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् ।

२०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । उनलाई धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्न पनि निरन्तर दबाब आइरहेको छ ।

सरकारले बिहीबार मात्र मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणा गरेको थियो । सरकारले चुनाव घोषणा गरेसँगै निर्वाचनको माहौल तात्न थालेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]