२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

धनुषामा बलात्कार घटना मिलाउन खोज्दा inspector झपारे-पछि, जनप्रतिनिधि टाप

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९

 

 

धनुषामा बलात्कार घटना मिलाउन खोज्दा inspector झपारे-पछि, जनप्रतिनिधि टाप
न्युजमधेस डेस्क
धनुषा(यदुकुहा),२२ साउन। धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक नाबालिगसँग एक होटलमा बलात्कार भएको भन्दै परिवारजनले प्रहरीमा उजुरी लिएर पुगेपछि केही जनप्रतिनीधिहरु घटना मिलाउन दबाब सृजना गरेको खुलेको छ ।

शहिदनगर नगरपालिका वडा नम्बर ३ नेपाल विद्युत प्राधीकरणको गेट अगाडी रहेको होटल रोयल एण्ड फैमिली रेस्टुरेन्टमा विहिबार राती एक नाबालिगसँग बलात्कार भएको भन्दै नाबालिकको परिवारजन प्रहरीमा उजुरी दिएपछि शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र वडा नं. ३ का वडाध्यक्ष मनोज दास दौडधुप सुरु गरेको बताइएको छ ।

शुक्रबार दिउँसो बलात्कार आरोपमा एक युवकमाथि मुद्दा समेत दर्ता भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपितलाई छुटाउन नगरपालिकाको मेयर र वडाध्यक्ष नै दौडधुप सुरु गरेको बताइएको छ ।

शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय यदूकुहामा वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले दबाब सृजना गर्न खोजेपछि यदुकूहाका ईन्सपेक्टर हरिविष्णु ढकालले दुवै जनालाई झपारेको गोप्य श्रोतले बताएको छ ।

ईन्सपेक्टर ढकालले सख्ती देखाएपछि दुवै जना निरास भएर ईलाका प्रहरीबाट निस्केका थिए । नाबालिक बलात्कार जस्तो घटनामा जनप्रतिनीधिले कारवाहीको लागि दबाब दिनुको साटो आरोपित छुटाउनको लागि दबाब दिएपछि ईन्सपेक्टर ढकालले उनीहरुलाई झपारेका थिए ।

विहिबार राती करिब १ बजेको समयमा नाबालिकलाई घरबाट उठाएर होटलमा लगी बलात्कार गरेको आरोपसहित परिवारजनले शुक्रबार नै मुद्दा दर्ता गराएको हो । सो मुद्दामा प्रक्रिया अगाडी बढाइएको छ ।

१४ बर्षिय नाबालिकसँग २२ बर्षिय युवकले सो होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले होटलमा मुचुल्का समेत गरेको छ । यद्यपी, अहिलेसम्म होटल भने सील गर्न सकेको छैनन् ।

यदुकूहा–बीरेन्द्रबजार जाने सडकखण्डमा रहेको होटल रोयल एण्ड फैमिली रेष्टुरेन्ट बेलुकी ९ बजे बन्द हुने गरेकोमा राती सो होटलमा करिब १ बजेको समयमा घटना हुँदा होटल सँचालकको समेत प्रत्यक्ष सँलग्नता रहेको बुझिएको छ ।

त्यहाँस्थित रहेको सो होटेलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । यद्यपी, प्रहरी पुग्दा सो सिसिटिभी क्यामेरा बिग्रेर राखिएको भनेर होटल सँचालक सरोज पूर्वेले प्रहरीलाई प्रतिक्रिया दिएपछि पुर्वे प्रहरीको शँकाको घेरामा परेका छन् ।

यता, वडाध्यक्ष मनोज दास र मेयर दिनेश प्रसाद यादवले आफूहरु यस्तो आरोपितलाई कुनै पनि हालातमा सिफारिस नगर्ने बताएका छन् । उनले आरोपित छुटाउन प्रहरीलाई दबाब दिएको जिज्ञासामा आरोपलाई ईन्कार गर्दै खण्डन गरे ।

उनले एक जनप्रतिनीधि भएर यस्ता कार्यको लागि कुनै पनि हालातमा सिफारिस नगरिएको बताए । आरोपितको अपराध साबित भए कानुन बमोजिम कारवाहीको लागि उनले आग्रह पनि गरे ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]