११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

सप्तकोसी नदी आसपासका क्षेत्रमा बाढी, डुबान र कटानको जोखिम कायमै

Logo
प्रकाशित आइतबार, साउन २२, २०७९

न्युजमधेस डेस्क
सुनसरी,२२ साउन। सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ ।

आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धाादिङ, कञ्चनपुर र आसपास भइ बहने केही साना नदीमा बाढीको जोखिम रहेकाले सचेत रहन अनुरोध गरिएको छ ।

आउँदाे ३ दिनसम्म ठूला नदी कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]