११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

 

 

पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते
न्युजमधेस डेस्क
जनकपुरधाम,२३ साउन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।

ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको छ । त्यसपछि ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो । त्यसपछि पुनः ट्रकले रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको ट्रकलाई पनि ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा विद्यार्थी, ट्रक चालक, सहचालक, कारका चालक गरी २० जनाभन्दा बढी व्यक्ति घाइते भएको र उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]