२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मिटरब्याजकाे सिकार बने लोहार, ३ लाख दिएर ३६ लाख असुल्ने दाउमा साहु !

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

न्यूजमधेश डेस्क
वीरगन्ज ,२४ श्रावण ।तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । १ लाख दिएर ३ लाखको तमसुक कपाली कागज बनाई सोझा साझा जनताहरुसँग ती बराबरको सम्पत्ति एवं जायजथा हड्पने होडबाजी नै चलेको छ ।

यसै अवस्थामा नेपाल सरकारले केही वर्षदेखि मिटर व्याजी पैसा दिने व्यक्तिहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाएको अवस्थामा हाल आएर यो कार्यमा केही न्यूनीकरण भएको देखिन्छ । तर तराईका जिल्लाहरुमा भने यो कार्य अझै रोकिएको छैन । बैंकले बार्षिक १० देखि १४ प्रतिशतसम्म व्याज लिएर कर्जा दिने गरेको अवस्थामा मिटरव्याजमा पैसा दिनेहरुले बार्षिक ३६ देखि ६० प्रतिशतसम्म व्याज असुल्ने गरेका छन् । त्यसमा पनि व्याजलाई एक वर्षमा साँवामा परिणत गरि पुनः त्यसको व्याज असुल्ने कार्य तिब्र रुपमा भइरहेको छ ।

यही मिटर व्याजको शिकार बनेका छन् बारा जिल्लाको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर निवासी जगनारायण ठाकुर लोहार । ठाकुरले सोही वडाको गम्हरिया निवासी जितेन्द्र प्रसाद यादव भनिने जटहा राय यादवसँग लिएको ३ लाख २५ हजार रुपैयाको मिटरव्याज ब्याज स्वरुप ३६ लाख तिर्नुपर्ने अवस्था सृजना भएको छ । यादवले ठाकुरलाई पहिलो पटक १ लाख, दोश्रो पटक १ लाख २५ हजार र तेश्रो पटक १ लाख गरि ३ लाख २५ हजार दिएर ३६ लाख माग गरि रहेका छन् ।

ठाकुरले छोरीको बिहेको प्रयोजनका लागि २०७० सालमा यादवसँग १ लाख रुपैया बार्षिक ३६ प्रतिशतले तिर्ने गरि व्याजमा लिएका थिए । त्यस पश्चात यादवले २०७१ सालमा व्याज र साँवा मिलाई १ लाख ७५ हजार बनाई ठाकुरलाई थप १ लाख २५ हजार दिई ३ लाख पुँजी बनाएर तीन गुना बढि ९ लाखको कपाली तमसुक कागज बनाएका थिए ।

त्यस पश्चात २०७४ सालमा यादवले पुनः १ लाख ५० हजार दिएर १० लाख ५० हजार साँवा भएको भन्दै ३१ लाख ५० हजारको कपाली तमसुक कागज बनाए । हाल आएर यादवले ठाकुरसँग ३६ लाख रुपैया लिनुपर्ने भन्दै माग गरि रहेका छन् । ठाकुरले यादवलाई व्याज वापत २३ लाख दिई रहेका छन् तर यादवले ३६ लाखको अडान गरि रहेका छन् । ठाकुरका छोराहरु प्रतिष्ठित व्यक्तिको जिम्मेवारीमा रहेकोले बुवालाई कसैले केही नभनोस् भनेर यादवलाई २३ लाख बुझाउन तयार छन् तर यादवले ३६ लाख नै लिने अडानमा छन् ।

यसबारे गाउँको भद्रभलादमीहरुको रोहबरमा पटक पटक छलफल पनि भएको छ तर यादवले कसैको कुरा मान्न तयार छैनन् । आफूसँग कपाली तमसुक कागज रहेको भन्दै ३६ लाख भन्दा कम रकम नलिने भन्दै आएका छन् । यो भन्दा अगाडि ठाकुरले यादवलाई मिटर व्याजी स्वरुप १० लाख ५० हजार बुझाई सकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]