१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

युनाइटेड फेरि पराजित

Logo
प्रकाशित आइतबार, साउन २९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२९ श्रावण । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातर हार बेहोरेको छ।

शनिबार ब्रेन्टफर्डको मैदानमा सम्पन्न खेलमा युनाइटेड ४-० ले पराजित भएको हो।

खेलको दशौं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। १८औं मिनेटमा माथिअस जेन्सनले अग्रता दोब्बर पारे।

३०औं मिनेटमा बेन मीले गोल गर्दै अग्रता ३-० को बनाए । त्यसको ५ मिनेट नबित्दै ब्रायन एम्बुएमोले गोल गर्दै ४-० को जित दिलाए।

पहिलो खेलमा युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भएको थियो। ब्रेन्टफर्ड ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]