०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

नागरिकता विधेयक फिर्ता गरेको भन्दै जनमत पार्टीद्वारा राष्ट्रपतिविरुद्ध प्रदर्शन

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३० श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। सोमवार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार सडकखण्ड अवरुद्ध गरी जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतवार फिर्ता गरेकी थिइन्। जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले जानकारी दिए।

‘राष्ट्रपतिको कदम निन्दनीय र जनहित विपरीत रहेकोले यसको विरोध गरेका छौँ’, नेता साहले भने, ‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्। धेरैले मानसिक यातना खेपिरहेका छन्। तर, सात वर्षदेखि राज्यले नागरिकताविहीनहरुमाथि यातना थोपर्दै गएको छ।’

नागरिकताविहीनहरुलाई नागरिकता नदिने भए शरणार्थी घोषणा गर्न नेता साहले माग गरे। नागरिकताविहीनहरुलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसद्बाट नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]