१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

कुनै पार्टीसँग गठबन्धन हुँदैन : सीके राउत

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३१श्रावण । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्।

जनकपुरधाममा मंगलबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने जानकारी कार्यकर्ताहरुलाई दिएका हुन्। केही सिटमा भने तालमेल हुन सक्ने अध्यक्ष राउतको भनाइ छ।

‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गरेर जाँदैनौँ’, डा. राउतले भने, ‘केही सिटमा तालमेलको सम्भावना छ। कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौँ। कुनै क्षेत्रमा मिलाएर उम्मेदवारी दिइन सकिनेछ।’

अध्यक्ष राउतले जनमत पार्टीले तराई-मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा समेत उम्मेदवारी दिने बताए। पाँच दलीय वा आठ दलीय गठबन्धन भएपनि एक्लै चुनाव लड्न तयारी गर्न अध्यक्ष राउतले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन लिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले मधेश केन्द्रित शक्तिहरुबीच गठबन्धनको प्रयास भएपनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कितामा उभिन खोजेको आरोप लगाए ।

‘हाम्रो पार्टी मधेशको मूल पार्टी हो। हामी मधेश र मधेशको मुद्दाप्रति जिम्मेवार छौँ। त्यसैले हाम्रो पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा र लोसपाका अध्यक्षहरुलाई भेटेर मधेशकै मुद्दामा कायम रहन आग्रह गर्नु भयो। तर उहाँहरु अन्य पार्टीको पछाडि लाग्नुभयो।’

नेता साहले भने,‘जसपा र लोसपालाई मधेश र मधेशीप्रति माया मोह छ भने मधेशमा उहाँहरुसँग तालमेल गर्न तयार छौं।’

उनले जनमत पार्टी एक्लै चुनाव लड्न सक्षम रहेको र वडा स्तरमा सशक्त रुपमा तयारी भइरहेको जानकारी दिए।

‘हामी एक्लै चुनावमा उठेर पनि धेरै सिट जित्न सक्छौँ। जनमत पार्टीप्रति स्थानीय चुनावको भन्दा फरक लहर गाउँघरमा उठिरहेको छ’, नेता साहले भने, ‘विपक्षीहरु जति दलीय गठबन्धन गरे पनि जनमतले राम्रो सिट ल्याउनेछ।’ नेता साहले पार्टी बाहिरबाट पनि कोही उम्मेदवार बन्न चाहेमा आफूहरु खुला रहेको जानकारी दिए।

प्रशिक्षणमा धनुषा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी थिए। जनमत पार्टीले आगामी चुनाव केन्द्रित मधेशका प्रत्येक जिल्लामा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]