२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

नागरिकता विधेयक फिर्ता गरेको भन्दै जनकपुरमा राष्ट्रपति विरुद्ध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३१ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ।

मंगलबार जनमत पार्टीका विद्यार्थी नेता विजय यादवको नेतृत्वमा जनकपुरधामको मिल्स एरियादेखि सुरु गरिएको विरोध प्रदर्शन भानु चौक ,शिव चौक हुदै जनक चौकमा पुगेर कोणसभामा परिन्त गरेका थिए।

जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको थिए।जनक चौकमा राष्ट्रपति विद्या देवी भण्डारीको पुतलासमेत जलाएको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले आइतवार फिर्ता गरेकी थिइन्।

जसको विरोधमा जनमत पार्टीले मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेको पार्टीका नेता बीपी साहले जानकारी दिए।

सो कोणसभालाई सम्बोधन गर्दै जनमत पार्टीका नेता साहले भने, ‘नागरिकता नपाएर केहीले आत्महत्या गरिसकेका छन्। धेरैले मानसिक यातना खेपिरहेका छन्। तर, सात वर्षदेखि राज्यले नागरिकताविहीनहरुमाथि यातना थोपर्दै गएको छ।’

नागरिकताविहीनहरुलाई नागरिकता नदिने भए शरणार्थी घोषणा गर्न नेता साहले माग गरे। नागरिकताविहीनहरुलाई तत्काल नागरिकता उपलब्ध गराउन माग गर्दै नेता साहले तत्काल संसद्बाट नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि पठाउन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।