२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

निहारिका राजपुत प्रकरण : बलात्कारको आरोप लागेका श्रेष्ठ पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३१ श्रवाण । निहारिका राजपुत प्रकरणमा बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठ पक्राउ परेका छन्।

शिवराजलाई मंगलबार पक्राउ गरिएको डिआइजी टेकप्रसाद राईले बताएका छन्।

निहारिका नाबालिक हुँदा नै शिवराजले बलात्कार गरेको र बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा प्रहरीले‍ धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो।

निहारिकाले आफ्नो बच्चा र शिवराजको डिएनए परिक्षण गर्नुपर्ने माग गर्दै अनसन बस्दै आएकी छन्।

उनले गत शुक्रबार राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्महत्याको प्रयास समेत गरेकी थिइन्।

निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै न्यायको माग गर्दै आएकी छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]