१७ माघ २०८२, शनिबार
31-01-2026 , Sat
×

नागरिकता विधेयक फिर्ताको विरोधमा माइतीघरमा प्रदर्शन

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,१ भाद्र। प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् ।

नागरिकताविहीन संघर्ष समिति नेपालका अध्यक्ष ई.इन्द्रजित साफीको नेतृत्वमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।

‘नेपाली आमाबुबाका सन्तान हामी कसरी अनागरिक सरकार ?’, ‘देशको असल नागरिक पहिचान गर’, ‘अनागरिक बनाउन पाइँदैन’, लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले सडकमा प्रदर्शन गरे ।

राष्ट्रपति भण्डारीले साउन २९ गते पुनर्विचार आवश्यक भन्दै विधेयक फिर्ता गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]