२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

नेपाल लोकतान्त्रिक पार्टीका जिल्ला सचिव चौधरीसहित सयौं जना जनमतमा प्रवेश

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ भाद्र। नेपाल लोकतान्त्रिक पार्टीका महोत्तरी जिल्ला सचिव संजय चौधरीसहित सयौं जना जनमत पार्टीमा प्रवेश गरिएको छ।

बुधबार जलेश्वरस्थित जिल्ला समन्वय समितीको सभा हलमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाल  लोकतान्त्रिक पार्टीका जिल्ला सचीव चौधरीसहित विभिन्न पार्टी परित्याग गरि सयौं जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता बिश्वनाथ चौधरीले बताउनुभयो।

नव प्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन।

सो कार्यक्रममा पार्टीका महासचिव चन्दन सिंह,कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादव,केन्द्रीय सदस्य संजय यादव,जीवन त्यागीलगाइत पार्टीका नेता/कार्यकर्ताहरु बाक्लो उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]