०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

मधेश प्रदेश : लागू औषधसहित २ भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ भाद्र।मधेश प्रदेशका बारामा अबैध लागू औषधसहित २ जना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार कलैया उपमहानगरपालिका-२० गण्डक नहरस्थित बिहान प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरु नियन्त्रणमा लिएका हुन।

भारत बिहार मोतिहारी जिल्ला महुअवा थाना कोरैया – १ का ३२ वर्षीय चन्दन मिश्रा र २५ वर्षीय धर्मजित कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमामा लिएको हो ।

प्रहरी चौकी बसतपुर बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत तर्फबाट मोटरसाइकलमा आएका उनीहरुलाई पिठ्युमा बोक्ने झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा अवैध लागू औषध डाइजेपाम ६०० पिस, फेनारगन ६०० पिस र नुर्फिन ६०० पिस तथा नाइट्राभेट १ लेखिएको ट्याबलेट ३०० पिस सहित फेला पारेको हो ।

अवैध लागू औषध, भारतीय बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजेश थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]