१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

बाँकेमा कारागार भवन प्रयोगविहीन

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

न्यूजमधेश डेस्क
बाँके,५ भाद्र । खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा यहाँस्थित खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ ।

नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो ।

बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो ।

“दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीबन्दीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा बस्ने अवधारणाअनुसार बाँकेमा खुला कारागार बनाइएकोे हो ।” उहाँले भन्नुभयो, “खुला कारागार सञ्चालनका लागि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआउँदा अन्योलमा छौँ ।”

तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिनमा पौने दुई करोडका लगानीमा कारागारको संरचना निर्माण भएको जनाइएको छ ।

“राम्रो आचरण भएका कैदीबन्दीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो”, कारागार प्रमुख सोनकरले भन्नुभयो ।

खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन् ।

तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन् ।

“सबै पूर्वाधार प्रयोगविहीन छन्, कारागारका चौकीदार जगराम चौहानले भन्नुभयो, “११ वर्षदेखि मैले नै कुरेर बसेको छु, भवन प्रयोगमा छैनन्, भएका भवनको संरक्षण नहुँदा जीर्ण बनिरहेको छ, कसैलाई वास्ता छैन ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खुला कारागार सञ्चालनका लगि सम्बन्धीत निकायसंग समन्वय गरिरहेका जानकारी दिनुभयो ।

अधिकारकार्मी वसन्त गौतमले भन्नुभयो, “ खुला कारागार भवन सञ्चालनमा सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]