०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

बर्दी लगाएका सईको स्टेजमा हाउभाउसहित अश्लिल नृत्य गरेपछि

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

अनमोल कार्की
रौतहट ,५ भाद्र। बर्दी लगाएर स्टेजमा अश्लिल हाउभाउसहित नृत्य गरेपछि रौतहटमा एक प्रहरी अधिकारी विवादमा तानिएका छन् ।

रौतहट जिल्लाको गढिमाइ नगरपालिका वडा नम्बर ७ धर्मपुर चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) राजकिशोर साह प्रहरीकै बर्दी लगाएर सार्वजनिक स्थानमा नाचेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

भिडियोमा साह दुई जना तेस्रो लिङ्गी कलाकारहरुसँग जोसिएर नाचेका छन् । नाँच्ने क्रममा उनी कहिले ती कलाकार माथि चढेका छन् त कहिले कलाकारलाई कम्मरमा बोकेका छन् ।

आफूले लगाएको प्रहरी बर्दीको ख्यालै नगरी नाँचमा मस्त साहमाथि एकजना नाँच्ने कलाकार चढेर नाँचेको दृश्य एकदमै अशोभनिय देखिएको छ । उनले प्रहरी चौकी अगाडि लागेको मेलाको क्रममा यो हर्कत गरेको बुझिएको छ । साहको यस्तो भिडियो सार्वजनिक भएपछि उनलाई कारवाही हुनुपर्ने भन्दै माग सर्वसाधरणले गरेका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले आफूले यस घटनालाई एकदमै गम्भीर रुपमा लिएको बताउँदै ती नाँच्ने प्रहरी अधिकारीमाथि छानविन गर्ने बताएका छन् ।

उनले प्रहरीको अनुशास भित्र नबस्ने प्रहरी कारवाही भागिदार हुने भन्दै यस विषयमा अनुसन्धान गरिरहेको जनाए । उनलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडमा तानिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]