१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

मधेशी एकता समाजद्वारा भिजिट भिसामा यूएई गएर अलपत्र परेका मण्डललाई उद्धार

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ भाद्र।मधेशी एकता समाजले भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका एक नेपालीलाई उद्धार गरेको छ।

उनि सप्तरी जिल्लाको तोपा–कजौलीका ललित कुमार मण्डल हुन।

आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो ।

एक जना नेपाली एजेन्टले काम लगाइदिने प्रलोभन दिएर मण्डललाई भिजिट भिसामा गएको जनवरीमा दुबई लगेका थिए । तर नेपाली एजेन्टको दुबईमा रहेको बंगाली एजेन्टले त्यहाँको कम्पनीमा भिसा नलगाइकनै काम लगाइदिएका थिए । त्यस कम्पनीले तलब र अन्य सुविधा नदिएपछि मण्डल गएको जुलाईको अन्त्यदेखि काम छाडी अजमान बसपार्कको चौरमा भोकभोकै रात बिताउन बाध्य भएका थिए ।

एकता समाजका प्रवक्ता ललित रेले मण्डलको अवस्था थाहा पाएपछि समाजलाई जानकारी गराउनुभएको थियो । त्यसपछि समाजका यूएई उपाध्यक्ष ठाकुरले मण्डललाई उद्धार गरेर झन्डै दुई हप्ता आफूसँगै राख्नुभएको थियो ।

स्वदेश फर्किने क्रममा आबुधाबी विमानस्थलमा प्रतिक्रिया दिँदै पीडित मण्डलले भिजिट भिसामा काम गर्न विदेश नजान सबैलाई आग्रह गर्नुभयो । भिजिट भिसामा खाडी देश गए आफूजस्तै अरूले पनि दुःख पाउने भन्दै उहाँले युवालाई सचेत गराउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]