०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश प्रदेश : उपचारमा लापरबाही गरेको भन्दै सञ्चालक र चिकित्सकलाई कारवाहीको माग

Logo
प्रकाशित आइतबार, भाद्र ०५, २०७९

हरिशंकर शर्मा
वीरगंज । वीरगञ्ज हेल्थ केयर अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तहरुले विरोध प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

पर्साको छिपहरमाई गाउँपालिका–२ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको उपचारमा लापरवाही गर्ने वीरगञ्ज हेल्थ केयर अस्पताल एवं चिकित्सकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा २ घण्टा धर्ना दिइएको हो ।

‘डा.आशिफ अन्सारीलाई पक्राउ गर, झोलाछाप डाक्टरलाई कारवाही गर’, ‘वीरगञ्ज हेल्थकेयरका सञ्चालक डा. अबुलहैसलाई कारवाही गर, वीरगञ्ज हेल्थकेयर हस्पिटल मुर्दावाद’, ‘डाकटर होइन हत्यारा हो, डा. आशिफलाई जेल गर’ लगायतका नारायुक्त प्लेकार्ड बोकी आफन्तले वीरगञ्जको घण्टाघरस्थित विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन पश्चात् उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा २ घण्टा धर्ना समेत दिएका छन् ।

पत्थरीबाट पीडित भई वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना भएका छिपहरमाई निवासी ३२ वर्षीय फिरोज मियाँको गत साउन २६ गते डा. आशिफ अन्सारीले शल्यक्रिया गरेका थिए । डा. मियाँले गरेको पहिलो शल्यक्रिया असफल भएपछि दोस्रो शल्यक्रियाका क्रममा भित्रि नसा काटिएर अनियन्त्रित रक्तश्राव हुँदा विरामीको अवस्था चिन्ताजनक भएको स्थानीय नविन सिंहले जानकारी दिए ।

साधारण पत्थरीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका फिरोजलाई डा. आशिफ अन्सारीको चरम लापरवाहीले उनी अहिले मृत्यसँग लडिरहेको बताए । पत्थरीको शल्यक्रियामा खासै समस्या हुने नगरेको अवस्थामा डा. आशिफले दुई–दुई पटक शल्यक्रिया गरेको र शल्यक्रियाको क्रममा नशा नै काटिदिएकोले रक्तश्राव अनियन्त्रित भएर विरामीको अवस्था चिन्ताजनक भएको उनको भनाइ छ ।

यसबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको ४ दिन वितिक्यो तर, प्रहरीद्वारा कुनै किसिमको कारवाही प्रक्रिया अगाडि बढाइएको छैन । अस्पताल सञ्चालक र चिकित्सकलाई कारवाही प्रक्रिया अगाडि नबढाएसम्म आन्दोलन जारी नै राख्ने उनको भनाइ छ ।

यसैगरि पीडितका भाईले डा. आशिफ अन्सारीको चरम लापरवाहीको कारण दाई मृत्यसँग लडिरहेको आरोप लगाए । उनले साउन २६ गते पत्थरीको शल्यक्रिया गरेकोमा २४ घण्टासम्म रक्तश्राव भएकोमा पुनः दोश्रो पटक शल्यक्रिया गरेपछि पनि ठीक नभएपछि ६ दिनसम्म भेण्डिलेटरमा राख्दा पनि स्वास्थ्यमा सुधार हुन नसकेपछि काठमाडौंस्थित मेडिशिन अस्पतालमा लैजानुपर्छ भनेपछि शल्यक्रिया विग्रिएको आफूहरुलाई जानकारी भएको बताए ।

पीडित पक्षले विगत १ हप्तादेखि अस्पतालका चिकित्सक एवं सञ्चालकलाई कारवाही गर्न माग गर्दै आएका छन् । उनीहरुले तीन दिन अगाडि पत्रकार सम्मेल गरि पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा लापरवाही गर्ने जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अन्सारी र अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीलाई कारवाही गर्न दबाब दिदै आएका थिए तर, हालसम्म प्रहरी प्रशासनले कुनै किसिमको कारवाही नगरेपछि विरोध प्रदर्शन गरेको आफन्तको भनाइ छ ।

बिरामी फिरोजको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अहिले काठमाण्डौको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । सत्य कुरा नबताई ४ दिनसम्म भ्रममा राखेर परिवारका कुनै सदस्यलाई पनि विरामीलाई भेट्न नदिएको र दुई लाख पचास हजार रकम असुली गरि आइतबार राति ११ बजे अचानक तपाई आफ्नो विरामीलाई काठमाडौं लैजानुस् भन्दै डा.अंसारीले गैर जिम्मेवारी जवाफ दिएको विरामीका आफन्तको प्रतिक्रिया छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]