२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जनकपुर न्यूरो हस्पिटलमा सफलता : पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ भाद्र।जनकपुरधाममा पहिलोपटक ‘ब्रेन ट्युमर’ को सफल शल्यक्रिया गरिएको छ । जनकपुरधाम–४ मुरली चोकस्थित जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो ।

६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी ६० वर्षीया देवसुनर देवीको अस्पतालका सञ्चालकसमेत रहेका न्यूरो सर्जन डा. विजयकुमार राउतलगायत चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको हो ।

ब्रेन ट्युमरको काठमाडौंलगायतका स्थानमा उपचार गर्दा ४ लाखसम्म खर्च लाग्ने भए पनि जनकपुर न्यूरो हस्पिटलले उनको शल्यक्रिया न्यून शुल्कमा गरेको डाक्टर राउतले जानकारी दिए । उनका अनसार देवसुनर देवीको मस्तिष्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि झिक्न सफल भइएको हो ।

देवसुनरले पनि पहिले शरीरको दाहिने भाग नचल्ने भए पनि शल्यक्रियापछि चल्न थालेको बताइन् । उनले आफूले शल्यक्रिया गराउँदा बाँच्नै नसक्ने डर रहेको अवस्थामा डाक्टर राउतलगायतका टिमले आफ्नो सफल शल्यक्रिया गरी ज्यान बँचाएकोमा धन्यवादसमेत दिइन् ।

डाक्टर राउतले अस्पताल सञ्चालन गरेको तिन महिनाको अवधिमा यहाँ कार्यरत २५ जना चिकित्सकको टिमले करिव १४/१५ जना बिरामीको सफल शल्यक्रिया गरेको बताए ।

उनले रोगलाई लुकाएर नराख्न आग्रह गर्दै आफ्नो अस्पतालले गरीब, विपन्न बिरामीको सेवामा कदापी पछाडि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरे । यसअघि पनि डाक्टर राउतले गम्भीर प्रकृतिका बिरामी महोत्तरीको बलबा नगरपालिका–४ पडौलस्थान बस्ने परशुराम यादवका २२ वर्षीय छोरा अनितेशकुमार यादवको सफल शल्यक्रिया गरेका थिए ।

जनकपुर न्यूरो हस्पिटल न्यूरोसम्बन्धी पहिलो हस्पिटल रहेको छ । यस अस्पतालले शरीरका विभिन्न भागको प्लास्टिक एवं कस्मेटिक सर्जरीलगायत अन्य सर्जन तथा रोगहरूको उपचार सेवा पुर्याउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]