२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

योग समिती धनुषा अध्यक्षमा चयन भएपछी योग गुरु संजितलाई गृहवडामा स्वागत

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

न्यूजमधेश डेस्क
साघारा,८ भाद्र।पतंजली योग समिती धनुषाको अध्यक्षमा संजित यादव चयन भएपछि गृहवडामा स्वागत गरिएको छ।

गत शनिबार पतंजली योग समितीका केन्द्र ,प्रदेश र जिल्लाको संयुक्त बैठकमा कमला नगरपालिका ४ का योग गुरु संजित यादवलाई धनुषा जिल्लाको अध्यक्ष पदमा चयन गरेका थिए।

पतंजली योग समिती सघाराका अध्यक्ष प्रविन साहको अध्यक्षतामा राआयोजित स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला अध्यक्ष यादवलाई फुलमाला र अबिर लगाएर योग साध्क र साधिकाहरुले स्वागतगर्दै उनलाई सम्मान गरेको हो ।

योग समिती सघाराका योग गुरुसमेत रहेका यादवलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि कमला नगरपालिकासहित यस क्षेत्रका योग शाध्क र शाधिकाहरु खुशी व्यक्त गर्नुभएको छ।

कमला नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडा सदस्य अमोद मरिकले अध्यक्ष यादवलाई शुभकामना दिदै उनको कार्यकाल सफलको कामनासमेत गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कार्यक्रममा सहभागीहरुलाई ॐ शब्दको उचारण गरेर धन्यवाद दिदै उनले जिल्लाको प्रत्येक टोल टोलमा पतंजली योग समिती गठन गरि योग शिविर संचालन गर्ने प्रथम उद्देश्य रहेको उनले बताए।

आफुलाई जिल्ला अध्यक्ष जस्तो मर्यादित पदको जिम्मेवारी दिनुनै सोभाग्यको रहेको उनले भने ।विगत लामोसमयदेखि आफू जिल्लाको विभिन्न योग शिविरहरुमा सहभागी हुँदै आइरहेको उनले बताए।अब हाम्रो टिमले जिल्लाका प्रत्येक नगरपालिका ,गाउँपालिका ,वडा हुँदै टोल टोल योग अभियान चलाउने उनले भन्नुभयो।

अध्यक्ष यादवले भने, “कमला किनारमा रहेको गाउँ भलुवाहा,सघारा,बरेर्वा,टरिया र लक्कर जस्ता विकट गाउँहरुको नाउँ अहिले पनि धेरै जना जान्दैन ।यस्ता विकट गाउँमा आफ्नो जन्म भएको हो ।जस्को नाउँ छ भलुवाहा ।हामी जस्ता व्यक्तिलाई एउटा जिल्लाको जिम्मेवारी दिनु भन्दा खुशी अरु केही हुदैनन् ।आफू धैर खुशी रहेको उनले बताउनुभयो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]