२७ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
×

योग समिती धनुषा अध्यक्षमा चयन भएपछी योग गुरु संजितलाई गृहवडामा स्वागत

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

न्यूजमधेश डेस्क
साघारा,८ भाद्र।पतंजली योग समिती धनुषाको अध्यक्षमा संजित यादव चयन भएपछि गृहवडामा स्वागत गरिएको छ।

गत शनिबार पतंजली योग समितीका केन्द्र ,प्रदेश र जिल्लाको संयुक्त बैठकमा कमला नगरपालिका ४ का योग गुरु संजित यादवलाई धनुषा जिल्लाको अध्यक्ष पदमा चयन गरेका थिए।

पतंजली योग समिती सघाराका अध्यक्ष प्रविन साहको अध्यक्षतामा राआयोजित स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला अध्यक्ष यादवलाई फुलमाला र अबिर लगाएर योग साध्क र साधिकाहरुले स्वागतगर्दै उनलाई सम्मान गरेको हो ।

योग समिती सघाराका योग गुरुसमेत रहेका यादवलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि कमला नगरपालिकासहित यस क्षेत्रका योग शाध्क र शाधिकाहरु खुशी व्यक्त गर्नुभएको छ।

कमला नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडा सदस्य अमोद मरिकले अध्यक्ष यादवलाई शुभकामना दिदै उनको कार्यकाल सफलको कामनासमेत गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कार्यक्रममा सहभागीहरुलाई ॐ शब्दको उचारण गरेर धन्यवाद दिदै उनले जिल्लाको प्रत्येक टोल टोलमा पतंजली योग समिती गठन गरि योग शिविर संचालन गर्ने प्रथम उद्देश्य रहेको उनले बताए।

आफुलाई जिल्ला अध्यक्ष जस्तो मर्यादित पदको जिम्मेवारी दिनुनै सोभाग्यको रहेको उनले भने ।विगत लामोसमयदेखि आफू जिल्लाको विभिन्न योग शिविरहरुमा सहभागी हुँदै आइरहेको उनले बताए।अब हाम्रो टिमले जिल्लाका प्रत्येक नगरपालिका ,गाउँपालिका ,वडा हुँदै टोल टोल योग अभियान चलाउने उनले भन्नुभयो।

अध्यक्ष यादवले भने, “कमला किनारमा रहेको गाउँ भलुवाहा,सघारा,बरेर्वा,टरिया र लक्कर जस्ता विकट गाउँहरुको नाउँ अहिले पनि धेरै जना जान्दैन ।यस्ता विकट गाउँमा आफ्नो जन्म भएको हो ।जस्को नाउँ छ भलुवाहा ।हामी जस्ता व्यक्तिलाई एउटा जिल्लाको जिम्मेवारी दिनु भन्दा खुशी अरु केही हुदैनन् ।आफू धैर खुशी रहेको उनले बताउनुभयो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]