२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

धनुषाको इनर्वाबाट भारततर्फ लैजाँदै गरेको ८० हजारको मदिरा बरामद

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ भाद्र।धनुषाको पुर्वी ग्रामीण गाउँबाट प्रहरीले ८० हजारको अवैध मदिरा बरामद गरेको छ ।

जनकनन्दनी गाउँपालिका- १ इनर्वाबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

८० कार्टुन कस्तुरी र ८० कार्टुन माम श्री लेखिएको मदिरा बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मदिराका कार्टुन प्लास्टिकले छोपेर मानिसहरु टाउकोमा राखेर भारततर्फ लैजादै गरेका थिए ।

प्रहरीलाई देख्नसाथ मदिरा वेवारिसे अवस्थामा छोडेर भागेको थियो । त्यसपछि प्रहरीले स्थानीयको रोहबरमा मदिरा लिइ जनकपुर भन्सार कार्यालयमा पठाएका छन् । प्रहरीले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गरेपनि तस्करहरुलाई कारवाही गर्न सकेका छैन् ।

सामान बरामद भएपछि अनुसन्धानबाट तस्करलाई कारवाही नहुँदा तस्करको मनोबल बढेको पाइएको छ । तस्करहरु प्रहरीको आँखा छलेर स्थानीयको सहयोगमा राती अवैध समान ओसार पसार गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]