२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

धनुषाको इनर्वाबाट भारततर्फ लैजाँदै गरेको ८० हजारको मदिरा बरामद

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ भाद्र।धनुषाको पुर्वी ग्रामीण गाउँबाट प्रहरीले ८० हजारको अवैध मदिरा बरामद गरेको छ ।

जनकनन्दनी गाउँपालिका- १ इनर्वाबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

८० कार्टुन कस्तुरी र ८० कार्टुन माम श्री लेखिएको मदिरा बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मदिराका कार्टुन प्लास्टिकले छोपेर मानिसहरु टाउकोमा राखेर भारततर्फ लैजादै गरेका थिए ।

प्रहरीलाई देख्नसाथ मदिरा वेवारिसे अवस्थामा छोडेर भागेको थियो । त्यसपछि प्रहरीले स्थानीयको रोहबरमा मदिरा लिइ जनकपुर भन्सार कार्यालयमा पठाएका छन् । प्रहरीले पछिल्लो समय तस्करी नियन्त्रणमा कडाइ गरेपनि तस्करहरुलाई कारवाही गर्न सकेका छैन् ।

सामान बरामद भएपछि अनुसन्धानबाट तस्करलाई कारवाही नहुँदा तस्करको मनोबल बढेको पाइएको छ । तस्करहरु प्रहरीको आँखा छलेर स्थानीयको सहयोगमा राती अवैध समान ओसार पसार गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]