१२ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
×

जसपा र लोसपाका केन्द्रिय सदस्यसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
कपिलवस्तु ,१३ भाद्र। जसपा र लोसपाका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरी र लोसपाका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहितका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनी नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधानसभा सदस्य गुप्तासमेत हुन् ।

त्यस्तै जसपाका केन्द्रिय सदस्य तथा लुम्बिनी सांस्कृति नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरीसहित दर्जनौँ नेता कार्यकर्ता आफूहरूको पार्टीमा आएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए ।

जनमत पार्टीले अगुवा नेता कार्यकर्ता भेला तथा निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएको नेता साहले बताए । नेता साहले भन्नुभयो,’जनमत पार्टी मात्रै मधेशको कल्याण गर्ने हेतु मधेशको हकहितको लागि सोच्ने नेताहरु यस पार्टीमा प्रवेश गर्ने लहर चलेको छ।’

पटकपटक मधेशको नाउँमा राजनीति रोटि सेक्दै आएका पार्टीहरुको आउने प्रदेश र प्रतिनिधि सभाको चुनावमा जनताले पकै देखाउने पार्टीका केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]