०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जसपा र लोसपाका केन्द्रिय सदस्यसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९

न्यूजमधेश डेस्क
कपिलवस्तु ,१३ भाद्र। जसपा र लोसपाका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।

कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरी र लोसपाका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहितका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनी नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधानसभा सदस्य गुप्तासमेत हुन् ।

त्यस्तै जसपाका केन्द्रिय सदस्य तथा लुम्बिनी सांस्कृति नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरीसहित दर्जनौँ नेता कार्यकर्ता आफूहरूको पार्टीमा आएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए ।

जनमत पार्टीले अगुवा नेता कार्यकर्ता भेला तथा निर्वाचन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएको नेता साहले बताए । नेता साहले भन्नुभयो,’जनमत पार्टी मात्रै मधेशको कल्याण गर्ने हेतु मधेशको हकहितको लागि सोच्ने नेताहरु यस पार्टीमा प्रवेश गर्ने लहर चलेको छ।’

पटकपटक मधेशको नाउँमा राजनीति रोटि सेक्दै आएका पार्टीहरुको आउने प्रदेश र प्रतिनिधि सभाको चुनावमा जनताले पकै देखाउने पार्टीका केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]