१२ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
×

उपेन्द्र यादवको नाम बाराबाट सिफारिस !

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ भाद्र । आगाी प्रतिनिसभा निर्वाचनका लाथि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाम बाराबाट सिफारिस भएको छ । उनको नाब बारा क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो ।

यादव यसअघि ०७४ निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर त्यहाँबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चुनाव लड्ने तयारी गरेका छन् । सप्तरीबाट चुनाव लडे यादवलाई सीके राउतले बलियो चुनौती दिन सक्ने कतिपयको विश्लेषण छ ।

पहिले जितेको ठाउँबाट यादवले लड्न नचाहे उनी बारा–२ लड्न सक्नेगरी नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष लालबाबु सिंहले जानकारी दिए ।

अध्यक्ष यादवको नाम सिफारिस भएकै क्षेत्रबाट जसपा नेता रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस भएको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ मा १० जना र प्रदेश सभा क्षेत्र नम्बर २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्य समिति बारामा सिफारिस गरेको छ ।

क्षेत्रीय अध्यक्ष सिंहका अनुसार प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ का लागि उषाकुमारी यादव, कामेश्वरप्रसाद यादव, रामबाबुप्रसाद यादव, शारदा शंकरप्रसाद साह, मुकेश कुशवाहा, आत्मरामप्रसाद साह, विनोदप्रसाद यादव, शंकरप्रसाद यादव, नागेन्द्रप्रसाद यादव र शिव शंकरप्रसाद यादवको नाम सिफारिस भएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर २ ‘ख’ बच्चा राउत अहिर, अवध भुषणप्रसाद यादव, राम किशोरप्रसाद यादव, प्रमोदप्रसाद यादव, लालबाबु सिंह, अमरदेपप्रसाद यादव, धुपलाल सहनी, ऋषिकेश यादव, ब्रम्हदेव पासवान, शम्भुप्रसाद सिंह, राम सागरप्रसाद यादवको नाम सिफारिस गरिएको अध्यक्ष सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]