०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सप्तरीमा रेणु यादवका छोरा उम्मेदवार सिफारिसमै परेनन्

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ भाद्र। जनता समाजवादी पार्टी (जसपा) नेता रेणु यादवका छोरा तथा प्रदेश सांसद अभिषेक यादव यस पटक उम्मेदवार सिफारिसमै छुटेका छन् ।

उनले विगतमा आफू निर्वाचित भएकै सप्तरी ४ को ‘ख’ बाट उम्मेदवार दोहोरिन चाहेका थिए । तर १२ भदौमा बसेको क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवारमा अनिरुद्रकुमार सिंह यादवको नाम एकल रुपमा सिफारिस गरेको छ ।

अनिरुद्र बोदे बर्साईन नगरपालिका मेयर आतेशकुमार सिंहका बाबु हुन् भने राष्ट्रियसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवका भाइ हुन् ।

२०७४ को निर्वाचनमा अभिषेक यो क्षेत्रबाट ९ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३३६ मत पाएका थिए ।

जसपाका क्षेत्रीय अध्यक्ष मनोज यादवले अनिरुद्रको नाममा सर्वसम्मति भएकाले एक जनाको मात्र नाम सिफरिस गरेको बताए ।

यो क्षेत्रबाट समानुपातिक निर्वाचन पद्धतितर्फ गीता यादव, किरणदेवी यादव, भजनी देवी ठाकुर, विमला देवी यादव र मोहम्द अजमत अलीको नाम सिफारिस गरेको अध्यक्ष यादवले बताए ।
यसअघि पार्टीले अभिषेकको नाम पार्टीको प्रदेश कमिटीबाट पनि हटाएको थियो । स्थानीय कार्यकर्ताले यसलाई पार्टीले कार्वाहीको गरेको रुपमा बुझ्न थालेका छन् ।

अभिषेकले क्षेत्रीय समितिको निर्णयमा आपत्ति जनाएका छन् । आफूले पार्टी पनि नछाडेको, राजीनामा पनि नदिएको अवस्थामा यस्तो निर्णय गरिनु दु:खद भएको उनले प्रतिक्रिया दिए । उनले आफू चुनावमा उम्मेदवार बन्ने दावी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]