१२ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
×

सप्तरीमा रेणु यादवका छोरा उम्मेदवार सिफारिसमै परेनन्

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ भाद्र। जनता समाजवादी पार्टी (जसपा) नेता रेणु यादवका छोरा तथा प्रदेश सांसद अभिषेक यादव यस पटक उम्मेदवार सिफारिसमै छुटेका छन् ।

उनले विगतमा आफू निर्वाचित भएकै सप्तरी ४ को ‘ख’ बाट उम्मेदवार दोहोरिन चाहेका थिए । तर १२ भदौमा बसेको क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवारमा अनिरुद्रकुमार सिंह यादवको नाम एकल रुपमा सिफारिस गरेको छ ।

अनिरुद्र बोदे बर्साईन नगरपालिका मेयर आतेशकुमार सिंहका बाबु हुन् भने राष्ट्रियसभा सदस्य तथा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवका भाइ हुन् ।

२०७४ को निर्वाचनमा अभिषेक यो क्षेत्रबाट ९ हजार ६०५ मत ल्याएर निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विवेकानन्द झाले ७ हजार ३३६ मत पाएका थिए ।

जसपाका क्षेत्रीय अध्यक्ष मनोज यादवले अनिरुद्रको नाममा सर्वसम्मति भएकाले एक जनाको मात्र नाम सिफरिस गरेको बताए ।

यो क्षेत्रबाट समानुपातिक निर्वाचन पद्धतितर्फ गीता यादव, किरणदेवी यादव, भजनी देवी ठाकुर, विमला देवी यादव र मोहम्द अजमत अलीको नाम सिफारिस गरेको अध्यक्ष यादवले बताए ।
यसअघि पार्टीले अभिषेकको नाम पार्टीको प्रदेश कमिटीबाट पनि हटाएको थियो । स्थानीय कार्यकर्ताले यसलाई पार्टीले कार्वाहीको गरेको रुपमा बुझ्न थालेका छन् ।

अभिषेकले क्षेत्रीय समितिको निर्णयमा आपत्ति जनाएका छन् । आफूले पार्टी पनि नछाडेको, राजीनामा पनि नदिएको अवस्थामा यस्तो निर्णय गरिनु दु:खद भएको उनले प्रतिक्रिया दिए । उनले आफू चुनावमा उम्मेदवार बन्ने दावी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]