१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

धनुषाका सिडिओसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Logo
प्रकाशित बुधबार, भाद्र १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१५ भाद्र । गुठीको जग्गा नक्कली मोही खडा गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन सिडिओ बसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषाको तत्कालिन भरतपुर गाविसको जग्गा नेपाली सेनाका लागि अधिग्रहण गर्दा भ्रष्टाचार भएको हो । त्यसक्रममा गुठीको नक्कली मोही खडा भएको आयोगको दाबी छ ।

तत्कालिन सिडिओ गौतमसहित गुठी संस्थान धनुषाका तत्कालिन प्रमुख राजुबाबु पाण्डे, कर्मचारीहरु मनोज कुमार आचार्य, हरिचन्द्र भुषाल, मुअब्जा लिने गायत्रीदेवी जयसवाल र शत्रुधन जयसवाल, विचौलिया सुमनकान्त ठाकुर लगायतविरुद्ध मुद्दा दायर भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]