३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

जिउदै मान्छेलाई इँटा भट्टामा हाल्ने आलम कांग्रेसको उम्मेदवार सिफारिस

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१६भाद्र । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।

कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।

आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् ।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।

घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ। श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले […]

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए । […]

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनमा प्रमुख भूमिका खेलेको भनिएका सत्ता गठबन्धनका प्रमुख दलका शीर्ष नेताहरुले उनलाई नै सत्ता गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति तय गरेका छन्। गत आइतबार जसपा नेपाल विभाजनमा सत्ता गठबन्धनमा रहेका एमाले-माओवादीको भूमिका रहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका उपेन्द्र आफैंलाई शीर्ष नेताहरुले गठबन्धनबाट बाहिरिन बाध्य पार्ने रणनीति अन्तर्गत मधेश प्रदेश […]